२०८३, ३ आश्विन आईतबार

काभ्रेमा कमल थापाले भने ‘सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण गर्न खोज्यो’

काभ्रेमा कमल थापाले भने ‘सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण गर्न खोज्यो’


धुलिखेल ३० भदौ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कञ्चनपुरकी निर्मला पन्त बलात्कारमा संलग्न आरोपितलाई सरकारले नै संरक्षण गर्न खोजेको आरोप लगाएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत भइसकेका अध्यक्ष थापाले शनिबार काभ्रेको धुलिखेलमा आफ्ना अगुवा कार्यकर्ता माज बोल्दै बलात्कार जस्तो जघन्य अपराधका दोषिलाई सरकारले उन्मूक्ति दिए लोकतन्त्र प्रतिकै बर्खिलाप हुने बताए । ‘अपराध कर्ममा लागेका जो कोहिलाई पनि डण्डीत गर्नुपर्छ, उनले भने ‘राज्यले यस्ता घटनालाई ढाकछोप गर्न कुनै पनि हालतमा मिल्दैन् ।’
निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई महिना पुग्न लाग्दासम्म पनि हत्यारा पत्ता नलाग्नुले राज्य संयन्त्र गम्भिर नभएको प्रष्ट भएको उनले दाबी समेत गरे । ‘यो एउटा कञ्चनपुरमा मात्रै भएको घटना होइन्, उनले भने ‘यसले सिँगो देशलाई प्रतिबिम्बित गरेको छ, प्रहरी प्रशासनलाई विश्वास गर्ने आधार जनताले गुमाएको आभाष भइरहेको छ ।’
स्थानीय तहको निर्वाचनअघि सिंहदरबारको अधिकार गाउँघरमा पुग्ने विश्वास ठूला राजनीतिक दलहरुले गरेपनि अहिले त्यसको ठीक उल्टो भएको बताए । ‘स्थानीयको कुरो सुन्दा यस्तो लाग्छ, अहिले जनप्रतिनिधिहरु सुविधा मुखि भए, जनताको काम भन्दा कमाउन लागे ।’ के हामीले गाउँ पठाउने भनेको सिंहदरबार यहि हो ? जिल्ला भरका कार्यकर्ता भेला भएको कार्यक्रममा उनले प्रजातान्त्रिक बिचार राख्ने दलहरु बीच पुनःएकीकरण हुने दाबी समेत गरे ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ५ : २७ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका