२०८२, ११ कार्तिक सोमबार

काभ्रेमा कमल थापाले भने ‘सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण गर्न खोज्यो’

काभ्रेमा कमल थापाले भने ‘सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण गर्न खोज्यो’


धुलिखेल ३० भदौ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कञ्चनपुरकी निर्मला पन्त बलात्कारमा संलग्न आरोपितलाई सरकारले नै संरक्षण गर्न खोजेको आरोप लगाएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत भइसकेका अध्यक्ष थापाले शनिबार काभ्रेको धुलिखेलमा आफ्ना अगुवा कार्यकर्ता माज बोल्दै बलात्कार जस्तो जघन्य अपराधका दोषिलाई सरकारले उन्मूक्ति दिए लोकतन्त्र प्रतिकै बर्खिलाप हुने बताए । ‘अपराध कर्ममा लागेका जो कोहिलाई पनि डण्डीत गर्नुपर्छ, उनले भने ‘राज्यले यस्ता घटनालाई ढाकछोप गर्न कुनै पनि हालतमा मिल्दैन् ।’
निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई महिना पुग्न लाग्दासम्म पनि हत्यारा पत्ता नलाग्नुले राज्य संयन्त्र गम्भिर नभएको प्रष्ट भएको उनले दाबी समेत गरे । ‘यो एउटा कञ्चनपुरमा मात्रै भएको घटना होइन्, उनले भने ‘यसले सिँगो देशलाई प्रतिबिम्बित गरेको छ, प्रहरी प्रशासनलाई विश्वास गर्ने आधार जनताले गुमाएको आभाष भइरहेको छ ।’
स्थानीय तहको निर्वाचनअघि सिंहदरबारको अधिकार गाउँघरमा पुग्ने विश्वास ठूला राजनीतिक दलहरुले गरेपनि अहिले त्यसको ठीक उल्टो भएको बताए । ‘स्थानीयको कुरो सुन्दा यस्तो लाग्छ, अहिले जनप्रतिनिधिहरु सुविधा मुखि भए, जनताको काम भन्दा कमाउन लागे ।’ के हामीले गाउँ पठाउने भनेको सिंहदरबार यहि हो ? जिल्ला भरका कार्यकर्ता भेला भएको कार्यक्रममा उनले प्रजातान्त्रिक बिचार राख्ने दलहरु बीच पुनःएकीकरण हुने दाबी समेत गरे ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ५ : २७ बजे

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई

छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक

छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन् -सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक

४ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा, प्रभु बैंकमा लगानीको नयाँ अवसर

काठमाडौं । देशका अग्रणी वाणिज्य बैंकमध्ये एक प्रभु बैंक लिमिटेडले

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकू विमान दुर्घटना

काठमाडौं । अमेरिकी नौसेनाका एक हेलिकप्टर र एक लडाकू विमान