२०८३, १७ बैशाख शुक्रबार

बारा जिल्लामा युरिया मलको अभाव हु्दा किसानहरु चिन्तित

बारा जिल्लामा युरिया मलको अभाव हु्दा किसानहरु चिन्तित


कलैया, ३० भदौ : बारा जिल्लामा युरिया मल अभाव भएको हुँदा  किसानहरु चिन्तित भएका छन् ।  यस वर्ष समयमै पानी परेको कारण धानबाली राम्रो भएको भए पनि युरिया मलको अभाव भएको हुँदा किसान चिन्तित भएका हुन ।

वर्षे धानखेतीमा प्रतिहेक्टर १९१ किलोको दरले एक करोड ४६ लाख ६०० किलो युरिया आवश्यकता पर्ने भए पनि सो परिपूर्ति हुनसकेको छैन ।
किसानको आवश्यकताअनुसारको युरिया मल परिपूर्तिका लागि पहल भइरहेको र चाँडै उपलब्ध हुने कृषि विकास कार्यालयका प्राविधिक सहायक राजवंशी चौरसियाले जानकारी दिनुभयो ।

वर्षे धानको वाली निकै राम्रो र सुधारोन्मुख रहेको जिल्ला कृषि विकास एकाइ कार्यालय कलैयाले जनाएको छ । यस वर्ष कृषकले कूल ५२ हजार ६०० हेक्टर क्षेत्रफलमा वर्षे धान भदैया, अगहनी, खेती गरेका छन् ।

भदैया धान १२ हजार ६०० हेक्टर, अगहनी धान ४० हजार हेक्टरमा किसानले लगाएको जिल्ला कृषि विकास एकाइ कलैयाले जानकारी दिएको छ । गत वर्ष ५२ हजार १७२ दशमलव ८ मेट्रिकटन धान उत्पादन भएको चौरसियाले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ९ : २१ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले