२०८२, २९ पुस मंगलबार

सडक दुर्घटनामा पन्ध्र व्यक्तिको मृत्यु

सडक दुर्घटनामा पन्ध्र व्यक्तिको मृत्यु


भारत, श्रीनगर, ३० भदौ : भारतको काश्मिर राज्यमा शुक्रबार भएको मिनीबस दुर्घटनामा १५ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका छन् ।

पहाडी चिप्लो बाटोमा यात्रुहरु लिएर गइरहेको मिनीबस गहिरो खोचमा झरेको प्रहरीले जनाएको छ ।

प्रान्तीय राजधानी श्रीनगरबाट २१७ किलोमिटर दक्षिणको किसत्वार जिल्लामा सो दुर्घटना भएको थियो । घटनास्थलबाट १५ जनाको शव निकालिएको र १९ जानलाई घाइते अवस्थामा अस्पताल लगिएको उपप्रहरी निरीक्षक अंग्रेज सिंह रानाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ ।

प्रहरीको एक समूह र विपद् नियन्त्रण बलका सदस्यहरु उद्धारमा खटिएका थिए । दुर्घटनाको कारण तत्काल प्रष्ट नभएको र अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ७ : ११ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र