२०८३, २५ आश्विन सोमबार

  मजदूरहरूको प्रदर्शनमा विमानस्थलमा अश्रुग्यास प्रहार

  मजदूरहरूको प्रदर्शनमा विमानस्थलमा अश्रुग्यास प्रहार


इस्तानबुल, २९ भदौ टर्कीको सुरक्षाफौजले स्तानबुलस्थित एउटा नयाँ विमानस्थलमा शुक्रबार अश्रुग्यास प्रहार गरेको छ ।

मजदूरहरुले जोखिमपूर्ण काम गरिरहेकै समय अश्रुग्यास प्रहार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
टर्कीका राष्ट्रपति रिसेप तायीप एर्डोगानको महत्वकांक्षी योजनाका रुपमा रहेको सो विमानस्थलमा अर्को महिनादेखि व्यवसायिक सेवा सुरु गर्ने तयारी गरिएको छ ।

आउँदो अक्टोबरमा काम सम्पन्न गर्नेगरी अहिले सो विमानस्थलमा द्रूत गतिका काम भइरहेको छ । इस्तानबुलको ब्ल्याक सी क्षेत्रमा सो विमानस्थल अहिले निर्माणाधिन अवस्थामा रहेको छ ।

अहिले झण्डै ३५ हजार मजदूरहरुले काम गरिरहेको बताइएको छ । कामको सिलसिलामा ठूलो सङ्ख्यामा मजदूरहरुको मृत्यु भएको पनि समाचारमा जनाइएको छ ।

कामको अवस्थालाई लिएर हजारौँ मजदूरहरूले विरोध प्रदर्शन गरेपछि अश्रुग्यास प्रहार गरिएको निजी क्षेत्रको समाचार संस्था डीएचएले जनाएको छ । यस नयाँ विमानस्थलबाट प्रतिबर्ष करिब नौ करोड हवाइ यात्रुले सेवा पाउने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् ।

सन् २०२३ देखि भने त्यो संख्या बढेर १३ करोड पुग्ने अनुमान गरिएको छ । उहाँले राष्ट्रपतीय निर्वाचनको केही दिन अगाडी गत जुनमा यस योजनाको प्रचार प्रसारका लागि आफ्नो विमान अवतरण गराउनु भएको थियो ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ८ : १६ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम