२०८१, १ चैत्र शनिबार

मनकामना मन्दिर पुनःनिर्माण सम्पन्न

मनकामना मन्दिर पुनःनिर्माण सम्पन्न


गोरखा, २९ भदौ : भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक तथा धार्मिक स्थल मनकामना मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पले क्षति पु¥याएको मन्दिर सोही वर्षको असारमा क्षमापूजा गरी भत्काएर पुनःनिर्माण शुरु गरिएको थियो । मन्दिरको गजुर, छाना, मूलढोकामा सुनको जलप लगाएर राष्ट्रिय पुरातत्व विभागले तोकेको मापदण्डअनुसार निर्माण गरिएको मन्दिर निर्माण समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

“पुरानो मन्दिरमा पहिला पित्तलको छाना थियो, अहिले तामाको छानामा सुनको जलप लगाउने काम नयाँ भयो, अन्य संरचनामा कुनै फरक छैन”, संयोजक श्रेष्ठले भन्नुभयो । अन्य मन्दिरको छानामा सुनको जलप लगाउँदा नाइट्रिक एसिड प्रयोग गरेर लगाउने गरेको भए पनि आफूहरुले मनकामना मन्दिरको छानामा सुनको जलप लगाउँदासमेत पुरानै प्रविधिअनुसार चुक, नून, अमिलो र इँटाको ढुटोहरु प्रयोग गरेर बनाइएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै मन्दिर निर्माणका लागि आधुनिक प्रविधिको सिमेन्ट रडलगायतका कुनै पनि सामग्री प्रयोग नगरी पुरानै प्रविधिको प्रयोग गरिएको श्रेष्ठले बताउनुभयो । मन्दिर निर्माणका लागि नेपाल सरकारबाट दुईपटक गरेर रु चार करोड सहयोग प्राप्त भएको र बाँकी रकम भक्तजनको सहयोगबाट सङ्कलन गरिएको उहाँले बताउनुभयो । “मन्दिर निर्माणका लागि कति खर्च लाग्यो भनेर अहिले भन्नसक्ने अवस्था छैन, हाम्रो अनुमानमा रु १२ देखि १३ करोड खर्च भएको छ ।” संयोजक श्रेष्ठले भन्नुभयो, मन्दिर निर्माणका लागि सुनमात्रै १८ किलो खर्च भएको उहाँको भनाइ छ । “मूल मन्दिर सम्पन्न भइसकेको छ, दायाँबायाँको आँगन छाप्ने, पश्चिमपट्टिको भिरालो जमीनमा पर्खाल लगाउने काम बाँकी छ”, संयोजक श्रेष्ठले भन्नुभयो ।

नयाँ निर्माण सम्पन्न भएको मन्दिरबाट कहिलेदेखि पूजाआजा शुरु गर्ने भन्नेमा टुङ्गो नलागेको मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिनुभयो । “मनकामना मन्दिर व्यवस्थापन समिति छ, त्यही समितिको बैठक बसेर भक्तका लागि नयाँ बनेको मन्दिर कहिलेदेखि खुला गर्ने भन्ने निर्णय गर्छ”, मूल पुजारी थापाले भन्नुभयो । अहिले मन्दिरको छेउमा सानो ठाउँ निर्माण गरी पूजाआजा गर्नुपर्दा समस्या भइरहेको उहाँले बताउनुभयो । मनकामना मन्दिरमा नेपालसहित भारतलगायत युरोपेली देशबाट समेत भक्तजन आउने गरेको मूल पुजारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मनकामना मन्दिरमा वार्षिक १२ लाखसम्म भक्तजन दर्शन गर्न आउने गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ७ : ०१ बजे

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी