२०८२, १५ माघ बिहीबार

मित्र राष्ट्रसँगको सम्बन्ध राम्रो बन्दै गएको छ : मन्त्री ज्ञावली

मित्र राष्ट्रसँगको सम्बन्ध राम्रो बन्दै गएको छ : मन्त्री ज्ञावली


चितवन, २९ भदौ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले मित्रराष्ट्रसँगको आपसी सम्बन्ध धेरै राम्रो बन्दै गएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले नयाँ सरकार गठन भएपछि नेपालमा भएका अन्तर्राष्ट्रिय सम्मेलन, द्विपक्षीय वार्ता एवं नेपालबाट भएका महत्वपूर्ण भ्रमणले मित्रराष्ट्रसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मद्दत गरेको बताउनुभयो ।

नेपालले छोटो समयमा पूर्वाधार अभाव हुँदासमेत भव्यताका साथ बहुक्षेपीय प्राविधिक प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सम्पन्न गरेको भन्दै उहाँले यसबाट गर्व गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ बिम्स्टेकलाई आकार दिने क्षेत्रीय आर्थिक र प्राविधिक सहयोगको प्रभावकारी संयन्त्रका रुपमा प्रयोग गर्ने दृष्टिले राम्रो काम ग¥याँै ।”

नेपाल र थाइल्याण्डले भारतमा भएको सुरक्षा गोष्ठीमा पर्यवेक्षकका रुपमा सहभागिता जनाएको भन्दै उहाँले बिम्स्टेकलाई सुरक्षामा भन्दा पनि आर्थिक मुद्दामा केन्द्रित गर्नुपर्ने बताउनुभयो । सरकारले जिम्मेवारी सम्हालेको ६ महिना कटेको भन्दै उहाँले यस बीचमा सङ्घीयतालाई आकार दिने काम अघि बढेको बताउनुभयो । निर्मला हत्याकाण्डमा आरोपीलाई संरक्षण ग¥यो भन्नु पूर्वाग्रही टिप्पणी रहेको भन्दै उहाँले दोषी उम्किन नपाउने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ६ : ४७ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला