२०८२, ९ भाद्र मंगलबार

क्रिकेटमा भारतसँग नेपाल ८ विकेटले पराजित

क्रिकेटमा भारतसँग नेपाल ८ विकेटले पराजित


काठमाडौँ, २९ भदौ भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ ।

लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेटले हारेको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा ग¥यो ।

भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए । बलिङवर्फ नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले एक ÷एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले चार÷चार विकेट लिए ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ५ : २५ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको