२०८३, १८ भाद्र शुक्रबार

क्रिकेटमा भारतसँग नेपाल ८ विकेटले पराजित

क्रिकेटमा भारतसँग नेपाल ८ विकेटले पराजित


काठमाडौँ, २९ भदौ भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ ।

लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेटले हारेको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा ग¥यो ।

भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए । बलिङवर्फ नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले एक ÷एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले चार÷चार विकेट लिए ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ५ : २५ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन