२०८२, ५ कार्तिक मंगलबार

ट्रक ब्रेक फेल भई नदीमा खस्दा २० जनाको मृत्यु, ६३ उद्धार

ट्रक ब्रेक फेल भई नदीमा खस्दा २० जनाको मृत्यु, ६३ उद्धार


बार्मा, २८ भदौ  : गाँउबाट यात्रु लिएर आएको एउटा ट्रक दुर्घटना हुँदा मालीमा कम्तीमा २० जनाको मृत्यु भएको छ । मालीको मध्यभागतिर ट्रकभरी स्थानीय नागरिकलाई बोकेर ट्रक गइरहेका बेला नदीमा खसेर दुर्घटना भएको स्थानीय सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

ट्रकमा ८० जनाभन्दा बढी स्थानीय रहेको दुर्घटनामा बाँच्न सफल एक यात्रुले बताए । प्रहरीको प्रारम्भिक विवरणले ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको देखाएको छ । स्थानीय समय अनुसार सोमबार राति साये क्षेत्रको मध्य भागमा दुर्घटना भएको हो ।

“दुर्घटनामा परेका मध्ये ६३ जनाको उद्धार गरिएको छ भने अरूको खोजी कार्य भइरहेको छ,” सरकारी पक्षले जारी गरेको एक वक्तव्यमा लेखिएको छ ।

मालीमा सडक र सवारी साधनको खराब अवस्थाका कारण बेला बेलामा धेरै मानवीय क्षति हुने यस्ता दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ८ : ४२ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,