२०८२, १५ माघ बिहीबार

कर्णाली प्रदेश सरकारद्वारा राहत वितरण

कर्णाली प्रदेश सरकारद्वारा राहत वितरण


रुकुम, पश्चिम, २८ भदौ: कर्णाली प्रदेश सरकारले रुकुम पश्चिम आठबीसकोट नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेकोे छ । आज नगरपालिकामा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उनीहरुलाई राहत वितरण गर्नुभएको हो । विगत केहि दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले नगरपालिकाका विभिन्न ठाउँमा करिब रु चार करोड मूल्य बराबरको धनमाल क्षति भएको थियो ।

बाढीपहिरोबाट पूर्ण रुपमा विस्थापित ३१ घर परिवारलाई राहत वितरण गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रति घर परिवार २० हजारका दरले रु ६ लाख २० हजार राहत वितरण गरेको आठबीसकोट नगरपालिकाले जनाएको छ । सो अवसरमा मन्त्री विमला केसीले एकीकृत नमुना बस्ती विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणका काम प्रभावकारी ढङगले नगर्दा र मापदण्ड नपु¥याउदा नै विपत्ति आइलागेको बताउनुभयो ।

विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन तथा एकीकृत बस्ती विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै उहाँले बाढीपहिरोको जोखिममा रहेका बस्तीलाई उपयुक्त ठाउँको छनोट गरी स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । यसैबीच मन्त्री केसीले बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएका आठबीसकोट नगरपालिका– ११ धुर्सेनीको आज स्थलगत अध्ययन, अनुगमन र निरीक्षण पनि गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ७ : ५१ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला