२०८३, ३१ बैशाख शुक्रबार

कर्णाली प्रदेश सरकारद्वारा राहत वितरण

कर्णाली प्रदेश सरकारद्वारा राहत वितरण


रुकुम, पश्चिम, २८ भदौ: कर्णाली प्रदेश सरकारले रुकुम पश्चिम आठबीसकोट नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेकोे छ । आज नगरपालिकामा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उनीहरुलाई राहत वितरण गर्नुभएको हो । विगत केहि दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले नगरपालिकाका विभिन्न ठाउँमा करिब रु चार करोड मूल्य बराबरको धनमाल क्षति भएको थियो ।

बाढीपहिरोबाट पूर्ण रुपमा विस्थापित ३१ घर परिवारलाई राहत वितरण गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रति घर परिवार २० हजारका दरले रु ६ लाख २० हजार राहत वितरण गरेको आठबीसकोट नगरपालिकाले जनाएको छ । सो अवसरमा मन्त्री विमला केसीले एकीकृत नमुना बस्ती विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणका काम प्रभावकारी ढङगले नगर्दा र मापदण्ड नपु¥याउदा नै विपत्ति आइलागेको बताउनुभयो ।

विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन तथा एकीकृत बस्ती विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै उहाँले बाढीपहिरोको जोखिममा रहेका बस्तीलाई उपयुक्त ठाउँको छनोट गरी स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । यसैबीच मन्त्री केसीले बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएका आठबीसकोट नगरपालिका– ११ धुर्सेनीको आज स्थलगत अध्ययन, अनुगमन र निरीक्षण पनि गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ७ : ५१ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि