२०८२, १५ माघ बिहीबार

निर्मला पन्तको हत्यारालाई कारवाही हुन्छ : कानुन मन्त्री

निर्मला पन्तको हत्यारालाई कारवाही हुन्छ : कानुन मन्त्री


काठमाडौँ, २८ भदौ कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सो जानकारी दिँदै उहाँले नेपाल तरुण दल रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्याराको खोजी कार्य जारी रहेको बताउनुभयो ।

मन्त्री ढकालले सदनको भोलिको बैठकमा सम्बन्धित मन्त्रीले प्रमुख प्रतिपक्षी दलले उठान गरेको विषयमा सदनमा जवाफ दिने जानकारी गराउनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सदनको आजको बैठकमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन,

नेपाल तरुण दल, रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ पर्नुभएका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  १ : २२ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला