२०८२, २४ कार्तिक आईतबार

प्रमुख र उपप्रमुख कुरा मिलेपछि गैंडाकोट नगरपालिकाको ताला खुल्यो

प्रमुख र उपप्रमुख कुरा मिलेपछि गैंडाकोट नगरपालिकाको ताला खुल्यो


नवलपरासी २८ भदौ :  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका नगर प्रमुख र उपप्रमुखबीचको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ ।

उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शीताको माग राख्दै कार्यालयमा लगाएपछि विवाद चर्किएको थियो । नगर प्रमुख छत्रराज पौडेलले उपप्रमुखले नियमविपरीत कार्यालयमा तालाबन्दी गरेको आरोप लगाउँदै असन्तुष्टि जनाएका थिए ।

नगरपालिका कार्यालयमा मंगलबार उपप्रमुख कँडेलसहित केही कार्यपालिका सदस्यले लगाएको ताला बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा भएको नगर प्रमुख पौडेल, उपप्रमुख कँडेलसहितको छलफलपछि खोलिएको थियो ।

आर्थिक वर्ष २०७४–७५ को असार महिनाको हिसाबकिताब हेर्न पाउने सहमति बनेपछि ताला खोलिएको गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले बताइन् ।

हिसाबकिताब जाँचबुझका लागि प्रमुख कोष नियन्त्रक महेशशरण भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

पटकपटक नगरकार्यपालिकाको बैठकमा आर्थिक पारदर्शिताका लागि माग गर्दा पनि सुनुवाइ नभएको हुँदा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उपप्रमुख कँडेलको भनाइ थियो भने नगर प्रमुख पौडेलले उपप्रमुखले नियमभन्दा बाहिर रहेर आरोप लगाएको र आर्थिक पारदर्शिता रहेको दाबी थियो ।

उक्त नगरपालिकाबाट भएका विकास निर्माणलगायतका खर्चको हिसाबकिताब जिम्मेवार जनप्रतिनिधिलाई जान्नबाट बञ्चित गराएको आरोपमा उपप्रमुखलगायत बहुमत सदस्यले मङ्गलबार तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ११ : ३९ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको