२०८२, १० पुस बिहीबार

बलात्कारी जोगाउन सांसदको घरमा पञ्चायती

बलात्कारी जोगाउन सांसदको घरमा पञ्चायती


 रौतहट, भदौ २८: बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेश सभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको समाचार आजको कान्तिपुरको दोस्रो पृष्ठमा छापिएको छ ।

पीडितलाई प्रहरीकहाँ आउन नदिइ घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो ।

रौतहटको गम्हरियाकी १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५० बर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ । भदौ २० गते घरमा कोही नभएको बेला अन्सारीले बलात्कार गरेका थिए । घटनापछि प्रदेशसभा सांसद अब्दुल कलाम आजाद (फूलबाबु)ले घरमा पीडकलाई समेत झिकाएर पञ्चायती गरे । बालिकाकी आमाले भनिन्, हामीसित पनि बयान लिने काम भयो । पछि सुनें, पैसा दिने निर्णय भएछ । अस्वीकार गरेर प्रहरीसमक्ष न्यायका लागि आयौं ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ६ : ४५ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय