२०८३, ९ श्रावण आईतबार

बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात पक्राउ

बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात पक्राउ


सुर्खेत, २७ भदौ : बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात जनालाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको छ । आफ्नो निश्चित गन्तव्य तय गरी आरामदायी यात्राको सोचका साथ आउने यात्रुलाई असहज वातावरण सिर्जना गर्ने गरेकाले आज सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–१ का २३ वर्षीय अर्जुन मल्ल, सुर्खेतको गुर्भाकोट नगरपालिका–६ का १८ वर्षीय महेश सोमैमगर र वीरेन्द्रनगर नगरपालिका–९ का २५ वर्षीय चक्रबहादुर शाही रहेका छन् ।

त्यसैगरी, जुम्ला डुग्रीका १९ वर्षीय रमेश शाही र अछामको तुर्मखाँद गाउँपालिका–७ का १८ वर्षीय नमराज न्यौपाने, वीरेन्द्रनगर–९ का २८ वर्षीय नकेन्द्र खत्री र ३८ वर्षीय सन्दीप परियारलाई यात्रुलाई जबर्जस्ती गाडीमा चढाउन क्रममा नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताउनुभयो । गाडीमा चढाउन सर्वसाधारणलाई जबर्जस्ती तान्ने र नआउने यात्रुलाई अभद्र व्यवहार गर्ने विभिन्न यातायातका कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताउनुभयो ।

यातायात व्यवसायीले यात्रुलाई दैनिक तानेर सास्ती दिने गरेको जनगुनासो बढेपछि नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीहरुको दादागिरीले दैनिक यात्रुले सास्ती भोग्दै आइरहेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ९ : ४० बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा