२०८३, १४ कार्तिक शनिबार

तीनवटा पेट्रोल पम्पमा सिलबन्दी

तीनवटा पेट्रोल पम्पमा सिलबन्दी


भैरहवा, २७ भदौ : ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट नेपाली सवारीसाधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले आज छड्के अनुगमन शुरु गरेको हो । ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिस्ट्रिब्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यू एभरेस्ट आयल सप्लायर्समा सिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोली रुपन्देहीका संयोजक तथा सहायक प्रजिअ नारायण पाण्डेले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पले नेपाल आयल निगमले दिएको निर्देशन अवज्ञा गर्दै भारतीय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलाई अनाधिकृतरुपमा पेट्रोल तथा डिजल बिक्री–वितरण गरेको थिए । भारतीय बजारमा पेट्रोलियम पदार्थ अनाधिकृतरुपमा पैठारी गरेको सूचना थाहा पाएपछि निगमले भारतीय नम्बरका मालवाहक ट्रक, बस र कारलाई भारततर्फ फर्किने बेलामा बढीमा ५० लिटर इन्धन मात्र दिन पाइने सर्कुलर गरेको थियो ।

आयल निगमको निर्देशनलाई अवज्ञा गर्दै ती पेट्रोल पम्पले भारतीय नम्बरका सवारीसाधन तथा बस र ट्रकलाई मागे जतिको इन्धन दिएको अनुगमनका क्रममा अनुगमन टोलीले भेटेपछि कार्वाही प्रक्रिया अगाडि बढाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख वेदप्रकाश उपाध्यायले बताउनुभयो । नेपाली बजारमा भन्दा भारतीय बजारमा पेट्रोलियम पर्दाथ डिजल र पेट्रोलको मूल्यमा झण्डै २० रुपैयाँ बढी छ । नेपालबाट इन्धन भारततर्फ विभिन्न माध्यमबाट पैठारी हुँदा नेपाली बजारमा अभाव देखिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख उपाध्यायले जानकारी दिनुभयो । अनुगमनका क्रममा सिलबन्दी गरिएका पेट्रोल पम्पलाई कानुनअनुसार कडा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । बजार अनुगमनलाई समेत निरन्तरता दिने संयुक्त बजार अनुगमन टोलीले बताएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ९ : १९ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा