२०८२, २२ चैत्र सोमबार

नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाल सेमिफाइनलबाटै बाहिरियो


काठमाडौं, भदौ २७ । नेपाल फेरि पनि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । बंगलादेशमा जारी च्याम्पियनपसिपको पहिलो सेमिफाइनलमा नेपाल बुधबार सदाबहार प्रतिद्वन्द्वी माल्दिभ्ससँग ३–० ले पराजित भएको हो ।खेलको नवौं मिनेटमा पहिलो गोल खाएको नेपालले ८४औंमा दोस्रो तथा ८६औं मिनेटमा तेस्रो गोल खाएको हो ।

भरत खवासको कप्तानीमा मैदानमा उत्रिएकोे नेपालले गोल गर्ने केही अवसर खेरफालेको थियो ।खराब मौसमका कारण मध्यान्तरअघि खेल झन्डै आधा घन्टा रोकिएको थियो ।माल्दिभ्स समूह चरणमा एक गोल पनि नगरी समूह उपविजेताकारुपमा तथा समूह चरणमा बंगलादेश र भुटानमाथि शानदार जित हासिल गर्दै समूह विजेताका साथ नेपाल सेमिफाइनलमा पुगेको थियो ।

नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग खेलेका सात खेलमध्ये पाँचमा हार बेहोरेको छ । दुई खेल बराबरीमा सकिएका थिए । पहिलोपटक फाइनल पुगेर इतिहास रच्ने लक्ष्यका साथ माल्दिभ्सविरुद्ध उत्रिएको नेपाल सन् १९९५, १९९९, २०११ र २०१३ माजस्तै योपटक पनि सेमिफाइनलबाटै बाहिरिएको हो ।

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ६ : ३५ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर