२०८२, १२ पुस शनिबार

नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाल सेमिफाइनलबाटै बाहिरियो


काठमाडौं, भदौ २७ । नेपाल फेरि पनि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । बंगलादेशमा जारी च्याम्पियनपसिपको पहिलो सेमिफाइनलमा नेपाल बुधबार सदाबहार प्रतिद्वन्द्वी माल्दिभ्ससँग ३–० ले पराजित भएको हो ।खेलको नवौं मिनेटमा पहिलो गोल खाएको नेपालले ८४औंमा दोस्रो तथा ८६औं मिनेटमा तेस्रो गोल खाएको हो ।

भरत खवासको कप्तानीमा मैदानमा उत्रिएकोे नेपालले गोल गर्ने केही अवसर खेरफालेको थियो ।खराब मौसमका कारण मध्यान्तरअघि खेल झन्डै आधा घन्टा रोकिएको थियो ।माल्दिभ्स समूह चरणमा एक गोल पनि नगरी समूह उपविजेताकारुपमा तथा समूह चरणमा बंगलादेश र भुटानमाथि शानदार जित हासिल गर्दै समूह विजेताका साथ नेपाल सेमिफाइनलमा पुगेको थियो ।

नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग खेलेका सात खेलमध्ये पाँचमा हार बेहोरेको छ । दुई खेल बराबरीमा सकिएका थिए । पहिलोपटक फाइनल पुगेर इतिहास रच्ने लक्ष्यका साथ माल्दिभ्सविरुद्ध उत्रिएको नेपाल सन् १९९५, १९९९, २०११ र २०१३ माजस्तै योपटक पनि सेमिफाइनलबाटै बाहिरिएको हो ।

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ६ : ३५ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको