२०८३, ३० जेष्ठ आईतबार

मंगलबार काभ्रे पुगेर गृहमन्त्री वादलले के भने ?

मंगलबार काभ्रे पुगेर गृहमन्त्री वादलले के भने ?


बनेपा । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले मन्त्रीमण्डलमा रहेका मन्त्रीहरु फेरिने कुरा हल्ला मात्रै भएको बताएका छन् । काभ्रे जिल्लामा भएका सहकारीहरुको छाता संगठन जिल्ला सहकारी संघको ५१ औं सभाको उद्घाट मन्तव्य दिंदै सभाका प्रमुख अतिथी थापाले यस्तो बताएका हुन् ।

सभा हिजो मंगलवार बनेपाको केएन वैक्वेन्टमा भएको भएको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशको शान्ति सुरक्षाको व्यवस्था राम्रो भएको दावी गरेका थिए । उक्त अवसरमा गृहमन्त्री थापाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएको राजीनामाको सम्बन्धमा समेत छानविन भइरहेको बताउँदै उनले भने, ‘राजीनामाको बारेमा छानवीन भइरहेको छ, त्यसको कारण छिट्टै पत्ता लाग्नेछ ।’ जिल्ला सहकारी संघ काभ्रेले ५१ बर्षमा प्रवेश गरेकोमा उनले बधाई दिएका थिए ।

कार्यक्रममा उनले राजनीतिक अधिकार प्राप्त भई विकासको चरण शरु भएकाले अब सबै सबै समुदाय विकास निर्माणका लागि अग्रसर हुने पर्ने बताएका थिए । समाजवाद भनेको नै विकास हो उल्लेख गर्दै सहकारीहरुले सुखी नेपाल र समृद्ध समाज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । समाजवाद ल्याउनमा सहकारीले उल्लेखनीय सहयोग गर्न सक्ने गृहमन्त्री थापाको भनाई थियो ।

कार्यक्रममा सहकारी विज्ञ पूर्वमन्त्री केशव वडाल, सहकारीकर्मी कुलचन्द्र अधिकारी, दुग्ध उत्पादक संघका पूर्व कोषाध्यक्ष दीपकप्रसाद पौडेल, तरकारी उत्पादक केन्द्रीय संघका ईश्वरीप्रसाद पौडेल, दुग्ध संघकै यदुनाथ गौतम, नारायण वडाल, मौरी संघका पुर्ण पाण्डे, निर्मल त्रिपाठी, राजन पराजुली, बचत संघका शम्भुलाल श्रेष्ठ लगायतका तीन दर्जन सहकारी अभियान्तालाई सम्मान गरिएको थियो ।

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय प्रतिनिधिसभाका सांसद गंगाबहादुर दोङ, पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ, प्रदेश सांसद बसुन्धरा हुमागाई, बनेपा नगरकी उपप्रमुख रेखा दाहाल, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला स्थित प्रहरी प्रमुख लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमलाई सचिव दिलिप शर्माले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  १२ : १८ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा