२०८२, ३ पुस बिहीबार

मंगलबार काभ्रे पुगेर गृहमन्त्री वादलले के भने ?

मंगलबार काभ्रे पुगेर गृहमन्त्री वादलले के भने ?


बनेपा । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले मन्त्रीमण्डलमा रहेका मन्त्रीहरु फेरिने कुरा हल्ला मात्रै भएको बताएका छन् । काभ्रे जिल्लामा भएका सहकारीहरुको छाता संगठन जिल्ला सहकारी संघको ५१ औं सभाको उद्घाट मन्तव्य दिंदै सभाका प्रमुख अतिथी थापाले यस्तो बताएका हुन् ।

सभा हिजो मंगलवार बनेपाको केएन वैक्वेन्टमा भएको भएको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशको शान्ति सुरक्षाको व्यवस्था राम्रो भएको दावी गरेका थिए । उक्त अवसरमा गृहमन्त्री थापाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएको राजीनामाको सम्बन्धमा समेत छानविन भइरहेको बताउँदै उनले भने, ‘राजीनामाको बारेमा छानवीन भइरहेको छ, त्यसको कारण छिट्टै पत्ता लाग्नेछ ।’ जिल्ला सहकारी संघ काभ्रेले ५१ बर्षमा प्रवेश गरेकोमा उनले बधाई दिएका थिए ।

कार्यक्रममा उनले राजनीतिक अधिकार प्राप्त भई विकासको चरण शरु भएकाले अब सबै सबै समुदाय विकास निर्माणका लागि अग्रसर हुने पर्ने बताएका थिए । समाजवाद भनेको नै विकास हो उल्लेख गर्दै सहकारीहरुले सुखी नेपाल र समृद्ध समाज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । समाजवाद ल्याउनमा सहकारीले उल्लेखनीय सहयोग गर्न सक्ने गृहमन्त्री थापाको भनाई थियो ।

कार्यक्रममा सहकारी विज्ञ पूर्वमन्त्री केशव वडाल, सहकारीकर्मी कुलचन्द्र अधिकारी, दुग्ध उत्पादक संघका पूर्व कोषाध्यक्ष दीपकप्रसाद पौडेल, तरकारी उत्पादक केन्द्रीय संघका ईश्वरीप्रसाद पौडेल, दुग्ध संघकै यदुनाथ गौतम, नारायण वडाल, मौरी संघका पुर्ण पाण्डे, निर्मल त्रिपाठी, राजन पराजुली, बचत संघका शम्भुलाल श्रेष्ठ लगायतका तीन दर्जन सहकारी अभियान्तालाई सम्मान गरिएको थियो ।

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय प्रतिनिधिसभाका सांसद गंगाबहादुर दोङ, पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ, प्रदेश सांसद बसुन्धरा हुमागाई, बनेपा नगरकी उपप्रमुख रेखा दाहाल, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला स्थित प्रहरी प्रमुख लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमलाई सचिव दिलिप शर्माले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  १२ : १८ बजे

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम