२०८२, ८ भाद्र सोमबार

हरितालिका तीजमा भगवान पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था

हरितालिका तीजमा भगवान पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था


काठमाडौँ, २६ भदौ हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ ।

मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भयाङ हुँदै कैलाश दक्षिणस्थित जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

यसैगरी तेस्रो मार्ग वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।
दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने कोषका सदस्यसचिव डा ढकालले बताउनुभयो । मन्दिरका चार ढोका बेलुकी ८ बजेसम्म खुला गरिने जनाइएको छ ।

श्रीयन्त्रको पूजा र महाभोग लगाउने बेलामा भने दर्शन एवं पूजाका लागि मन्दिरको ढोका बन्द गरिने कोषले जनाएको छ । तीजका दर्शनार्थीको भीड बढी हुने भएकाले महँगा गहना लगाएर नआउन र साना बालबालिका पनि नल्याउन कोषले भक्तजनलाई आह्वान गरेको छ ।

पशुपतिको नियमित दर्शन गर्नेका लागि बिहान छ बजे अगावै भुवनेश्वरी चोकस्थित सानो फलामे ढोकाबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । तीजका अवसरमा आजैदेखि चार वटै सुरक्षा निकाय र कोषका सुरक्षाकर्मी समेतको एकीकृत सुरक्षा योजना बनाई कार्यान्वयन शुरु भएको छ ।

दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ । पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ ।

स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ताचप्पल कक्षको व्यवस्थापन एवं सञ्चालनलगायत सम्पूर्ण तयारी पूरा गरिएको कोषले जनाएको छ । मेला क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । वडा कार्यालयले जारी गर्ने पासका आधारमा स्थानीयवासीका सवारी आउन जान दिइने जनाइएको छ ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ९ : ५३ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको