२०८३, २२ भाद्र मंगलबार

काठमाडौँको ज्याथामा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

काठमाडौँ, २६ भदौ : राजधानी काठमाडौँको ज्याथा क्षेत्रमा भिषण आगलागी भएको छ । मंगलबार बिहान साढे ४ बजेदेखि सुरु भएको आगलागीपछि त्यहाँ ५ वटा भन्दा धेरै दमक आगो निभाउन पुगेका छन् । जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीमा अवस्थित एक घरमा रहेको ट्राभल एजेन्सीको कार्यालयबाट आगो लागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । आगलागीबाट कम्तिमा पनि २ घरको अधिकांश भाग जलेको छ भने अर्को एउटा घरमा पनि क्षति भएको छ ।

महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा ज्याथा र क्षेत्रपाटी क्षेत्रका बासिन्दा भागाभाग भएका थिए । आगलागीका क्रममा भाग्न खोज्दा केही स्थानीयबासी लडेर घाइते समेत भएका छन् । आगो लागेपछि झ्यालबाट हापफालेर भाग्ने क्रममा घाइते भएका २ जनालार्इ उपचारका लागि अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।

मिनेट मिनेटको अन्तरमा पुरै ज्याथा क्षेत्र थर्किने गरी करिब १० वटा अक्सिजन ग्यास सिलिन्डर पड्किएका थिए । क्षेत्रपाटीमा बस्दै अाएका पत्रकार शोभित थपलियाका अनुसार अक्सिजन ग्यास सिलिन्डर विस्फोटको अावाजले ज्याथा र क्षेत्रपाटी क्षेत्रबासीबीच भागाभाग भएको थियो । ग्यास विस्फोटपछि त्यस क्षेत्रका मानिसहरू सबेरै बिहान घर छाडेर जमलतर्फ सुरक्षित स्थानमा निस्केका छन् ।

आगोले ठुलो रुप लिएपछि अहिले जमल क्षेत्रमा उपत्यकाका सबै दमकल पुगेका छन् । तर साँघुरो गल्लीबाट दमकल नपसेपछि पाइप छिराएर आगो निभाउने कोशिश भइरहेको छ । करिब एक घण्टा बितिसक्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण बिजुली सर्टबाट बताइए पनि प्रहरीले एकिन नभइसकेको जनाएको छ । अहिले ज्याथातर्फबाट दुइटा र ठमेलतर्फबाट एउटा दमकलले आगो निभाइरहेका छन् ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ६ : २५ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको