२०८२, १० भाद्र बुधबार

एक करोड ३१ लाख ठगी गर्ने पक्राउ

एक करोड ३१ लाख ठगी गर्ने पक्राउ


काठमाडौँ, २५ भदौ : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जापानमा सरकारी कोटामा कृषिसम्बन्धी काममा पठाइदिने भन्दै रु एक करोड ३१ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले दनुवार विमान सेक्युरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष भनी जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका ३३ वर्षीय सविनप्रकाश दनुवारलाई आइतबार बसुन्धराबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले २८ जनासँग प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म ठगी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । दनुवारलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालत बुझाएको छ ।

सोही मुद्दामा पीडितको उजुरीका आधारमा ब्यूरोले नुवाकोटका ३३ वर्षीय सरिता गुरुङ र उदयपुरका २३ वर्षीय लालमणि दनुवारलाई यसअघि नै पक्राउ गरेको थियो । अनुसन्धानपश्चात ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशले रु १० लाख धरौटी माग गरेकामा गुरुङ तिर्न नसकी कारागार चलान भएकी थिइन् भने दनुवार धरौटी राखेर तारिखमा छुटेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ७ : ५५ बजे

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशलगायत देशको

नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौँ । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौंथो

दुई मोटरसाइकल ठोकिँदा स्ववियु सभापतिसहित दुई युवकको मृत्यु

दोलखा । दोलखाको भीमेश्वरमा गए राति दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा