२०८३, २६ बैशाख आईतबार

एक करोड ३१ लाख ठगी गर्ने पक्राउ

एक करोड ३१ लाख ठगी गर्ने पक्राउ


काठमाडौँ, २५ भदौ : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जापानमा सरकारी कोटामा कृषिसम्बन्धी काममा पठाइदिने भन्दै रु एक करोड ३१ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले दनुवार विमान सेक्युरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष भनी जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका ३३ वर्षीय सविनप्रकाश दनुवारलाई आइतबार बसुन्धराबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले २८ जनासँग प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म ठगी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । दनुवारलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालत बुझाएको छ ।

सोही मुद्दामा पीडितको उजुरीका आधारमा ब्यूरोले नुवाकोटका ३३ वर्षीय सरिता गुरुङ र उदयपुरका २३ वर्षीय लालमणि दनुवारलाई यसअघि नै पक्राउ गरेको थियो । अनुसन्धानपश्चात ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशले रु १० लाख धरौटी माग गरेकामा गुरुङ तिर्न नसकी कारागार चलान भएकी थिइन् भने दनुवार धरौटी राखेर तारिखमा छुटेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ७ : ५५ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे