२०८२, १६ मंसिर मंगलबार

दुई बालिकालाई चार दिनसम्म बन्धक बनाएर बलात्कार, एक युवक पक्राउ

दुई बालिकालाई चार दिनसम्म बन्धक बनाएर बलात्कार, एक युवक पक्राउ


काठमाडौं, भदौ २५ । ललितपुरका दुई बालिकालाई ललाइफकाइ आफ्नो कोठामा पुर्‍याएर बन्धक बनाइ बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्दै आएका २५ वर्षीय हेम खत्री रहेका छन् । उनलाई कीर्तिपुरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरबाट रिसाएर हिँडेका ललितपुर, इमाडोलका ११ र १३ वर्षीया दिदीबहिनीलाई खत्रीले बसमा भेटाएको र फकाएर आफ्नो डेरामा पुर्‍याएर चार दिनसम्म बन्धक बनाएर राखेको प्रहरी अनुसन्धानले देखाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामाले जानकारी दिए ।

दुई बालिकामध्ये एकजनालाई खत्रीले भदौ २३ गते छाडिदिएको र अर्कीलाई भने प्रहरीले सोमबार उद्धार गरेको जनाइएको छ । पक्राउ परेका खत्रमाथि अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ७ : ४४ बजे

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज, २ डिसेम्बर, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर