२०८३, २५ आश्विन सोमबार

प्रदेश र सङ्घीय सरकारबीच मतभिन्नता छैन: मुख्यमन्त्री शाही

प्रदेश र सङ्घीय सरकारबीच मतभिन्नता छैन: मुख्यमन्त्री शाही


काठमाडौँ, २५ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार र सङ्घीय सरकारबीच कुनै मतभिन्नता नभएको प्रष्ट पार्नुभएको छ । रिपोटर्स क्लबमा आज आयोजित साक्षात्कारमा मुख्यमन्त्री शाहीले संविधानतः प्रदेश र सङ्घीय सरकारका अधिकार स्पष्ट भएकाले केन्द्र र प्रदेशबीच अधिकारका विषयमा विवाद छ भन्नु उपयुक्त नुहने बताउनुभयो ।

“अहिलेको समय भनेको आरोप र प्रत्यारोप लगाउने समय होइन,सङ्घीय सरकारले नीति बनाउने हो, त्यसलाई कार्यान्वयन गर्ने काम प्रदेश सरकार र स्थानीय तहको हो” मुख्यमन्त्री शाहीले भन्नुभयो । संविधानअनुसार मुख्यमन्त्रीलाई अधिकार दिनुपर्ने उहाँको भनाइ छ । “मुलुकमा १० वर्ष सशस्त्र युद्ध भयो, सात वर्षसम्म संविधानको बारेमा बहस भयो, अब पनि सानातिना कुरामा अल्झिन थाल्यौँ भने मुलुकको विकास कहिले गर्ने”, उहाँले प्रतिप्रश्न गर्नुभयो ।

मुख्यमन्त्री शाहीले प्राकृतिक, भौगोलिक र सांस्कृतिकलगायतका क्षेत्रमा कर्णाली प्रदेश अब्बल रहेको दाबी गर्दै विकास, स्वास्थ्य र शिक्षाको हिसाबले प्रदेश पछि परेकाले त्यो पूरा गर्न वर्तमान प्रदेश सकार प्रयत्नशील रहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ५ : १७ बजे

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ