२०८२, १० भाद्र बुधबार

भारतीय भूपू गोर्खाको पेन्सन रोकियो

भारतीय भूपू गोर्खाको पेन्सन रोकियो


काठमाडौं, भदौ २५ : काठमाडौंबाट पेन्सन बुझ्ने भरतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ। यसले झण्डै ५० हजार पेन्सनर मर्कामा परेका छन्। भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरुको गुनासो छ।

यो महिना सुरु भएको ९ दिन भइसक्यो तर १ तारिखमा पाउनुपर्ने पेन्सन हामीले अझै पाएका छैनौं’ पूर्वगोर्खा भारतीय सैनिक भरत थापा भन्छन्, ‘यसले गर्दा कसैलाई बैकले किस्ता र छोराछोरीको फी तिर्न, कसैलाई नियमित औषधोपचार गर्नसमेत समस्या छ।कतिले त डेरा भाडा नै तिर्न नसक्ने अस्था छ। क्याम्पका
भारतीय अधिकिारीले भारत सरकारको नयाँ व्ययवस्था अनुसार पेन्सन वितरण हुन लागको छ।

‘अब हमी नयाँ व्यवस्थामा जादैँछौं जसअनुसार पेन्सन एकै पटक भुक्तानी हुनेछ र तीन–तीन महिनामा हुनेछ,’ काठमाडांै क्याम्पका प्रमुख समेत रहेका भारतीय दुतावासका सुरक्षा सल्लाहकार अविनेश चाम्बियलले भने, ‘अर्को फेरिएको नीति के छ भने हामी अब कसैलाई नगद पैैसा दिँदैनौं, सबैको पेन्सन सम्बन्धित बैक खातौ पठाइदिन्छौं।’यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ७ : १८ बजे

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेर हाजिरी जमानीमा छुटे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सामाजिक सञ्जालबाट

सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनकाे अन्तिम म्याद

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनको अन्तिम

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी

ऐन महर साइबर अपराध मुद्दामा प्रहरीमा उपस्थित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि