२०८३, ३ आश्विन आईतबार

‘काङ्ग्रेसले बाटो बिरायो’: नेता राना भाट

‘काङ्ग्रेसले बाटो बिरायो’: नेता राना भाट


काठमाडौँ, २४ भदौ: पूर्वसभामुख तथा काङ्ग्रेस नेता तारानाथ राना भाटले नेपाली काङ्ग्रेसले बाटो बिराएको बताउनुभएको छ । उहाँले काङ्ग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुने भविष्यवाणीसमेत गर्नुभयो । “काङ्ग्रेस जुन बाटोमा हिँड्नुपर्ने हो, त्यसमा छैन”, १०५औँ बिपी जयन्तीको अवसरमा बिपी विचार राष्ट्रिय समाजले आज आयोजना गरेको कार्यक्रममा रानाभाटले भन्नुभयो, “काङ्ग्रेसले बिराएको बाटो छाडेर सही बाटो समात्नुपर्छ ।”

काङ्ग्रेस नेता कुलबहादुर गुरुङले बिपीको विचारको अबमूल्यन भएको गुनासो गर्नुभयो । बिपीको सिद्धान्त कागजमा लेख्ने तर व्यवहारमा कार्यान्वयन नगर्नु सिङ्गो काङ्ग्रेसको भुल भएको नेता गुरुङको भनाइ छ ।

काङ्ग्रेस नेत्री तथा पूर्वमन्त्री लिला कोइरालाले नेपाली काङ्ग्रेसको नीतिले प्रजातन्त्र मात्र नभएर संविधान नै जारी भएको उल्लेख गर्दै त्यसको बचाउन पनि काङ्ग्रेसले नै गर्नेले अभियान चलाउनुपर्छ भन्नुभयो ।

बिपि विचार राष्ट्रिय समाजकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले सबै प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । एकले अर्कोलाई दोष देखाएर उम्कने प्रवृत्ति हाबी भएको भन्दै उहाँले बिपीको विचार र सिद्धान्तलाई मनन गरेर अघि बढ्न सुझाव दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ९ : २४ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका