२०८२, १० भाद्र बुधबार

बाघको दाह्रा निकासीको अभियोगमा दुई पक्राउ

बाघको दाह्रा निकासीको अभियोगमा दुई पक्राउ


रसुवा, २४ भदौ : बाघको दाह्रा चीनतर्फ निकासी गर्न खोजेको अभियोगमा दुई व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक एवं निमित जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेका अनुसार पक्राउ पर्नेमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–३ बस्ने वर्ष ४२ का मङ्गलबहादुर घले र रसुवा गोसाईकुण्ड गाउँपालिका–२ बस्ने ५३ वर्षीय कामी तामाङ रहेका छन् । घलेलाई केही दिन अगाडि र तामाङलाई आज बिहान नियन्त्रणमा लिइएको हो ।

बा६ख ४९४२ नम्बरको कन्टेनर डिब्बाको गियर बक्सभित्र राखी चीनतर्फ लान लागेको चार वटा बाघको दाह्रासहित चालक घलेलाई प्रक्राउ गरिएको र चालक घलेको बयानका आधारमा तामाङ संलग्न भएको आशङ्कामा सोधपुछका लागि पक्राउ गरिएको निमित्त प्रहरी प्रमुख वाग्लेले बताउनुभयो । प्रहरीद्वारा पक्राउ गरी ल्याइएको बाघको चार थान दाह्रा आठ सेन्टीमिटर लामो भएको र परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइ ओखेटोपहार मुद्दाअन्तर्गत अनुसन्धान जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खडकाले बताउनुभयो ।

चालकले दिएको बयानका आधारमा आरोपित एकजना पक्राउ गर्न सफल भए पनि अन्य दुई जनाको भने प्रहरीबाट खोजी कार्य तीब्र पारिएको निमित प्रहरी प्रमुख वाग्लेले बताउनुभयो । सवारी साधन जाँच गर्ने आधुनिक उपकरण नहुँदा तस्करहरुले सवारी साधनका विभिन्न भागमा लुकाई गैर कानुनी कार्य गर्न थालेपछि नेपाल प्रहरीले निगरानी कार्यलाई तीब्र पारिएको बताइएको छ ।

सुन प्रकरणपछि नेपाल चीनको उत्तरी सिमाना रसुवागढीबाट मोटरसाइकल तथा साना सवारी साधन केरुङ जान प्रहरीले रोक लगाएपछि अहिले सामान आयात निर्यात गर्ने कन्टेनर डिब्बाका विभिन्न भागमा लुकाई तस्कर गर्न थालेकाले झोला, शरीर र सवारी साधनका विभिन्न भाग परीक्षण कार्यलाई थप तिब्रता दिइएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर मृत्यु
यस्तै चालु विद्युत् लाइनमा बत्ती बनाउन लाग्दा दक्षिणी रसुवाको सरमथली क्षेत्रमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । शनिबार साँझ करेन्ट लागेर मृत्यु भएका नौकुण्ड गाउँपालिका–४ सरमथली इलाकाको देउराली डाँडा निवासी २३ वर्षीय बुद्धिमान गोम्बुको शव परीक्षणका लागि आज त्रिशुली अस्पताल पठाइएको निमित प्रहरी प्रमुख वाग्लेले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ९ : ११ बजे

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेर हाजिरी जमानीमा छुटे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सामाजिक सञ्जालबाट

सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनकाे अन्तिम म्याद

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनको अन्तिम

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी

ऐन महर साइबर अपराध मुद्दामा प्रहरीमा उपस्थित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि