२०८३, ९ श्रावण आईतबार

काँग्रेस कार्यकर्ताको गोली प्रहारबाट मृत्यु,गोली प्रहार गर्ने पूर्व माओवदी कार्यकर्ता पक्राउ

काँग्रेस कार्यकर्ताको गोली प्रहारबाट मृत्यु,गोली प्रहार गर्ने पूर्व माओवदी कार्यकर्ता पक्राउ


 

रोल्पा, २४ भदौ ९ रोल्पामा आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट नेपाली काँग्रेस निकट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ ।

सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा अध्यक्ष पुनलाई गोली प्रहार गरिएको थियो । छातीमा दुई र पेटमा एक गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताइएको छ । हाल पुनको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ ।

प्रहरीका अनुसार रोल्पा नगरपालिका–१० घर भएका देव बहादुर घर्तीमगरले अटो लोडेड पेस्तोलबाट पुनमाथि गोली चलाएका हुन् । गोली चलाउने घर्तीमगर पूर्व माओवादी कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्नुको कारणका बारेमा अनुसन्धान भइरहेको रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए । पुनको छातीमा दुई र कोखामा एक राउण्ड गोली लागेको प्रहरीले जनाएको छ ।

पुनमाथि गोली प्रहार गरेको भन्दै घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गोली किन चलाएको भन्ने बारेमा घर्तीसँग सोधपुछ भइरहेको डिएसपी खड्काले जानकारी दिए । पुनको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ ।

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ८ : ४८ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक