२०८३, ३ आश्विन आईतबार

प्रचण्ड–मोदी वार्ता : १ घन्टा लामो भेटवार्तामा के-के भयो छलफल ?

प्रचण्ड–मोदी वार्ता : १ घन्टा लामो भेटवार्तामा के-के भयो छलफल ?


काठमाडौं, भदौ २४:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको समेत बताए ।

‘दुई नेताबीच नेपाल–भारत सम्बन्धमा भएका प्रगति र आपसी हितका विभिन्न इस्युमा छलफल भयो । प्रधानमन्त्रीले प्रचण्डसँग भएका विगतका संवाद स्मरण गर्नुभयो र नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गर्नुभएको मूल्यवान् योगदानप्रति प्रचण्डलाई धन्यवाद दिनुभयो,’ भेटवार्तापछि मोदीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उच्च तहमा भएको अन्तत्र्रिmयाबाट नेपाल–भारत सम्बन्धले उच्चतम गतिमा बढावा प्राप्त गरेको छ ।’

बिहीबार औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रचण्डले प्रधानमन्त्री मोदीसँग शनिबार शिष्टाचार भेट गरेका हुन् । मोदीनिवास ७ लोककल्याणमार्गमा करिब १ घन्टा लामो भेटवार्ता भएको थियो । प्रचण्डको सचिवालयका अनुसार वार्तामा नेपाल र भारतका प्रधानमन्त्रीको आपसी भ्रमण, बिमस्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावनाबारे छलफल भएको थियो । ३१ भदौ ०७३ मा प्रधानमन्त्रीका रूपमा प्रचण्डको पछिल्लो राजकीय भारत भ्रमण स्मरण गर्दै मोदीले त्यसवेला भएका सहमति कार्यान्वयन हुने पनि उल्लेख गरेका छन् ।,यो खबर आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ७ : २२ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका