२०८२, १५ माघ बिहीबार

प्रधानमन्त्रीलाई कुर्दा भौकै–प्यासै !

प्रधानमन्त्रीलाई कुर्दा भौकै–प्यासै !


काठमाडौं, भदौ २४: शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए । राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभा हलमा उनीहरुका लागि यो अवधि निकै छटपटीपूर्ण थियो । १ बजे समारोह उद्घाटनको कार्यतालिकाअनुसार विद्यार्थीलाई १२ बजे नै हलमा प्रवेश गराइयो । प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । हलमा खचाखच भरिएका विद्यार्थीले सहजै पानी पिउन र शौचालय जान पनि पाएनन् ।

ढोकाढोकामा सादा पोशाकका सुरक्षाकर्मी खटिएका थिए । उनीहरुले सुरक्षा जाँचपछि सहजै भित्र छिर्न दिन्थे तर निस्कन दिन्थेनन् । ‘प्रधानमन्त्री आउने भनेर दुई घन्टा कुर्‍यौं,’ एसओएस माध्यमिक विद्यालयका सानोठिमीका विद्यार्थी अविचित आलेले भने, ‘पानी खान र शौचालय जान पनि पाइएन ।’ हल छिर्न सुरक्षाकर्मीले दुई ठाउँमा खानतलासी गरेका थिए । उनीहरुले स्काउटका ड्ेरस लगाएका स्वयमसेवक विद्यार्थीलाई हलभित्र उभिन समेत दिएका थिएनन् । औपचारिक कार्यक्रम ५ घण्टापछि सकियो । त्यसपछि मात्रै विद्यार्थी हलबाट बाहिर निस्कन पाए । १२ बजे हलमा छिरेपछि ५ बजेसम्म भोकै बस्नुपरेको उनीहरुले गुनासो गरे ।
– कान्तिपुर दैनिक

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ६ : ०६ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम