२०८२, २१ असार शनिबार

काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ : सभापति देउवा

काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ : सभापति देउवा


तुलसीपुर, २३ भदौ: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपसी अन्तरघातका कारण काङ्ग्रेसले चुनाव हारेको बताउनुभएको छ । दाङको लमहीमा आज क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कार्यकर्तालाई एक ढिक्का भएर अगाडि बढ्न निर्देशन दिनुभयो ।

सभापति देउवाले काङ्ग्रेसले चुनाव हारे पनि देश र संविधानले जितेको बताउँदै ‘‘हामीले प्राविधिकरुपले चुनाव हारेका छौँ तर देशले जितेको छ’’, भन्नुभयो । अब काङ्ग्रेसलाई अन्तरघात मुक्त पार्टी बनाएर देशकै पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिदैं उहाँले पार्टीको नीति नियम नमान्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सभापति देउवाले पार्टीलाई बलियो बनाउन गाउँस्तरबाटै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिदैं ‘‘पार्टीलाइ एकताबद्ध बनाएर लैजान हामी सबै केन्द्रीय नेताहरु लागेका छौँ, तपार्इंहरु पनि गाउँ तहमा एकताबद्ध हुनुहोस्’’, भन्नुभयो । उहाँले कार्यकर्तालाई गुट–उपगुटमा नलाग्न आग्रहसमेत गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  ८ : ५८ बजे

बजाजको नयाँ डोमिनार २५० सार्वजनिक, मूल्य कति ?

काठमाडौं । बजाज अटोले भारतमा डोमिनार २५० को नयाँ २०२५

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत

बागमती प्रदेशसभा बैठक पुनः सारियो, माओवादीको अडानले संसद अवरुद्ध

हेटौंडा । शुक्रबार साँझ बस्न नसकेको बागमती प्रदेशसभा बैठक आज

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला