२०८२, १६ मंसिर मंगलबार

काभ्रेमा तीजको दर खाँदा सांसद भूर्तेल सहित २ सयभन्दा बढी विरामी

काभ्रेमा तीजको दर खाँदा सांसद भूर्तेल सहित २ सयभन्दा बढी विरामी


धुलिखेल । काभ्रेको पाँचखाल नगरपालिका १२ कासकोटे बालुवामा तीजका दर खाँदा प्रदेश सभा सांसद गोमा भूर्तेल सहित २ सय भन्दा बढी स्थानीय महिलाहरु विरामी परेका छन् ।

शुक्रबार ग्रामीण स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाले तीजको अवसरमा दर खुवाउने कार्यक्रमको आयोजना गरेको थियो । उक्त दर कार्यक्रममा दर खाएपछि २ सयभन्दा बढी बिरामी परेको सस्थाका अध्यक्ष भैरब सेडार्इंले बताएका छन् ।

बिरामी भएकाहरुको अहिले काभ्रेको पाँचखाल, बनेपा र धुलिखेलमा उपचारका लागि लगिएको छ । पाँचखालको तीनघरेमा उपचारको लागि शीविर नै सञ्चालन गरिएको छ । स्रोतका अनुसार भूमिगत इनारको पानीका कारण दर खानेहरुलाई फुड पोइजन भइ बिरामी भएको आशंका गरिएको छ ।

घटना भएपछि प्रशासनले प्रहरीको टोली खटाएको छ भने राजनीतिक दलका नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधिहरु विरामीहरुको उपचार र उद्दारका लागि जुटेका छन् । बिरामी भएकाहरुमा महिला, पुरुष र बालबालिकाहरु छन् । उनीहरुलाई फुड प्वार्इजन भएको र सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरी श्रोतले बताएको छ ।

बिरामी भएकाहरुको धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार भैरहेको एसपी रविराज खड्काले जानकारी दिए । केहीको पाँचखालस्थित गौतम मेडिकल र सदीप मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  १ : २८ बजे

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज, २ डिसेम्बर, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर