२०८३, २२ भाद्र मंगलबार

काभ्रेमा तीजको दर खाँदा सांसद भूर्तेल सहित २ सयभन्दा बढी विरामी

काभ्रेमा तीजको दर खाँदा सांसद भूर्तेल सहित २ सयभन्दा बढी विरामी


धुलिखेल । काभ्रेको पाँचखाल नगरपालिका १२ कासकोटे बालुवामा तीजका दर खाँदा प्रदेश सभा सांसद गोमा भूर्तेल सहित २ सय भन्दा बढी स्थानीय महिलाहरु विरामी परेका छन् ।

शुक्रबार ग्रामीण स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाले तीजको अवसरमा दर खुवाउने कार्यक्रमको आयोजना गरेको थियो । उक्त दर कार्यक्रममा दर खाएपछि २ सयभन्दा बढी बिरामी परेको सस्थाका अध्यक्ष भैरब सेडार्इंले बताएका छन् ।

बिरामी भएकाहरुको अहिले काभ्रेको पाँचखाल, बनेपा र धुलिखेलमा उपचारका लागि लगिएको छ । पाँचखालको तीनघरेमा उपचारको लागि शीविर नै सञ्चालन गरिएको छ । स्रोतका अनुसार भूमिगत इनारको पानीका कारण दर खानेहरुलाई फुड पोइजन भइ बिरामी भएको आशंका गरिएको छ ।

घटना भएपछि प्रशासनले प्रहरीको टोली खटाएको छ भने राजनीतिक दलका नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधिहरु विरामीहरुको उपचार र उद्दारका लागि जुटेका छन् । बिरामी भएकाहरुमा महिला, पुरुष र बालबालिकाहरु छन् । उनीहरुलाई फुड प्वार्इजन भएको र सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरी श्रोतले बताएको छ ।

बिरामी भएकाहरुको धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार भैरहेको एसपी रविराज खड्काले जानकारी दिए । केहीको पाँचखालस्थित गौतम मेडिकल र सदीप मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  १ : २८ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको