२०८२, २५ चैत्र बिहीबार

गुण्डा नाइके दावा लामाको सहयोगी सत्य लामालाई सम्पत्ति शुद्धिकरण मुद्धा चलाउने तयारी

गुण्डा नाइके दावा लामाको सहयोगी सत्य लामालाई सम्पत्ति शुद्धिकरण मुद्धा चलाउने तयारी


काठमाडौँ, २२ भदौ गुण्डा नाइके दावा लामाको सहयोगी भनेर आरोप लागेका सत्यमान लामामाथि सम्पत्ति शुद्धिकरणको मुद्धा चलाउने तयारी गरेको छ । मंगलबार काठमाडौँबाट पक्राउ परेका लामालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले सम्पत्ति शुद्धिकरण मुद्धा चलाएको हो ।

प्रहरीले शुक्रबार काठमाडौँ जिल्ला प्रशासनबाट ६ दिने म्याद थपेर छानबिन अघि बढाएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले दैनिक नेपाललाई बताए । लामाको म्याद नथप्न नेकपाकी सांसद नवीना लामाले जिल्ला प्रशासन कार्यालय पुगेर सिडिओलाई दबाब दिएको स्रोतले बताएको छ ।

सांसद लामाले अपराध महाशाखाका प्रमुख एसएसपी सिंहलाई समेत सत्यमानको विषयमा म्याद थप नगर्न र रिहा गर्न फोनमाफर्त दबाब दिएको बताइएको छ । यसअघि अघिल्लो पटक पक्राउ गरेका बेला लामालाई नवीनाले नै छुटाएकी थिइन् । तर, यो पटक प्रशासन र प्रहरीले सांसद नवीनाको दबाब स्वीकार गरेको छैन ।

गुण्डा नाइके लामा काभ्रेली गुण्डा दावा लामा समूहका हुन् । सांसद नवीना पनि काभ्रेकै हुन् । लामाले ठमेलका एक व्यापारीलाई ज्यानमार्ने धम्की दिएको आजावसहितको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

एसएसपी सिंहले सांसद नवीनालाई पक्राउ परेका लामाका विषयमा अनुसन्धान भइरहेको र उनी दोषी ठहरिए कानून बमोजिम कारबाही गर्ने जवाफ दिएका छन् ।

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  १२ : १० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि