२०८२, ८ भाद्र सोमबार

गुण्डा नाइके दावा लामाको सहयोगी सत्य लामालाई सम्पत्ति शुद्धिकरण मुद्धा चलाउने तयारी

गुण्डा नाइके दावा लामाको सहयोगी सत्य लामालाई सम्पत्ति शुद्धिकरण मुद्धा चलाउने तयारी


काठमाडौँ, २२ भदौ गुण्डा नाइके दावा लामाको सहयोगी भनेर आरोप लागेका सत्यमान लामामाथि सम्पत्ति शुद्धिकरणको मुद्धा चलाउने तयारी गरेको छ । मंगलबार काठमाडौँबाट पक्राउ परेका लामालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले सम्पत्ति शुद्धिकरण मुद्धा चलाएको हो ।

प्रहरीले शुक्रबार काठमाडौँ जिल्ला प्रशासनबाट ६ दिने म्याद थपेर छानबिन अघि बढाएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले दैनिक नेपाललाई बताए । लामाको म्याद नथप्न नेकपाकी सांसद नवीना लामाले जिल्ला प्रशासन कार्यालय पुगेर सिडिओलाई दबाब दिएको स्रोतले बताएको छ ।

सांसद लामाले अपराध महाशाखाका प्रमुख एसएसपी सिंहलाई समेत सत्यमानको विषयमा म्याद थप नगर्न र रिहा गर्न फोनमाफर्त दबाब दिएको बताइएको छ । यसअघि अघिल्लो पटक पक्राउ गरेका बेला लामालाई नवीनाले नै छुटाएकी थिइन् । तर, यो पटक प्रशासन र प्रहरीले सांसद नवीनाको दबाब स्वीकार गरेको छैन ।

गुण्डा नाइके लामा काभ्रेली गुण्डा दावा लामा समूहका हुन् । सांसद नवीना पनि काभ्रेकै हुन् । लामाले ठमेलका एक व्यापारीलाई ज्यानमार्ने धम्की दिएको आजावसहितको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

एसएसपी सिंहले सांसद नवीनालाई पक्राउ परेका लामाका विषयमा अनुसन्धान भइरहेको र उनी दोषी ठहरिए कानून बमोजिम कारबाही गर्ने जवाफ दिएका छन् ।

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  १२ : १० बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको