२०८३, २२ आश्विन शुक्रबार

बालबालिकासम्बन्धी नयाँ कानून बन्दै

बालबालिकासम्बन्धी नयाँ कानून बन्दै


काठमाडौँ, २२ भदौ : सरकारले बालअधिकारसम्बन्धी नयाँ कानून ल्याउने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानको मर्म र भावनाअनुसार बालअधिकारसम्बन्धी कानून निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । राष्ट्रिय बाल दिवस तथा शिक्षा दिवस, २०७५ को अवसरमा राष्ट्रिय नागरिक विकास समाजले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले संविधानको मौलिक हकमै तुलनात्मकरुपमा धेरै बालबालिकाको हकअधिकारको विषयलाई समेटेको र सोहीअनुरुप कानून निर्माणको चरणमा रहेको उल्लेख गर्नुभयो ।

“बालअधिकारसम्बन्धी कानून निर्माणका लागि मन्त्रालयका तर्फबाट सङ्घीय संसद्मा विधेयक पेश गरिसकेका छौँ, उक्त ऐनमा बालबालिकाको शारीरिक मानसिक विकास, अनाथ बालबालिका, गरीब दुःखी जनताका छोराछोरीका लागि राज्यले कस्तो नीति कार्यक्रम तर्जुमा गर्नुपर्छ भन्ने आदि विषय समेटिएको छ”, उहाँले भन्नुभयो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी लावल थापा (पार्वती) ले संविधानको भावनाअनुरुप मौलिक हक निर्माण अन्तिम चरणमा पुगेको र निर्धारित समयभित्रै सबै हकसम्बन्धी कानून बन्ने उल्लेख गर्नुभयो ।

समाजका अध्यक्ष महेश कुँवरले बालअधिकार, शिक्षाको क्षेत्रमा बाल संरक्षण तथा चेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकारिता विषयका प्राध्यापक देवराज शर्मा, अभियन्ता पूजा कुँवर, जानुका पौडेल, दीपक कार्कीलगायत हुनुहुन्छ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ८ : ४४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य