२०८२, ८ भाद्र सोमबार

शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर

शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर


कलैया, २२ भदौ: प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषाकुमारी यादवले शिक्षा क्षेत्रको बिकासका लागि प्रदेश सरकारले ठोस योजनासहित अगाडि बढिरहेको बताउनुभएको छ । करैयामाई गाउँपालिका–८ देवनारायण गणिया आधारभूत प्रावि औनियामा आज आयोजित ‘बालबालिका विद्यालय बाहिर नरहेको’ सार्वजनिकीकरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा देखिएको बेथितीलाई समाधान गरी गुणस्तरयुक्त शिक्षा प्रदानका लागि आवश्यकताअनुसारको दरबन्दी विद्यालयमा पठाउने गृहकार्य शुरु गरिएको जानकारी दिनुभयो ।

राज्यमन्त्री यादवले प्रदेश नं. २ मा शिक्षाको स्तर कमजोर रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकार लागि परेको बताउनुभयो । शिक्षा बिना सभ्य समाजको परिकल्पना गर्न नसक्ने र विकासले पनि फड्को मार्न नसक्ने बताउँदै उहाँले कर्मचारीतन्त्रको गैरजिम्मेवारीपन र राजनीतिक दलको चलखेलका कारण शिक्षा क्षेत्रमा केही कमजोरी देखिएको हँुदा यस क्षेत्रमा राजनीतिक नगर्न सबैमा आग्रह आग्रह गर्नुभयो । राज्यमन्त्री यादवले सङ्घीयतालाई कार्यान्वयन गर्नका लागि सबै राजनीतिक शक्तिलाई एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो ।

वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा करैयामाई गाउँपालिकाका प्रमुख भुनेश्वर चौधरी, उपाध्यक्ष चित्रलेखा चौधरी, शिक्षा विकास समन्वय एकाइ बाराका संयोजक पूर्णबहादुर अछामी, करैयामाई गाउँपालिकाका शिक्षा संयोजक सन्तोषकुमार शर्मा, विद्यालयका प्रधानाध्यापक कविता चौधरी र शिक्षक वीरेन्द्र चौधरीलगायतले शिक्षा क्षेत्रको समग्र विकासका लागि सम्बन्धीत सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ६ : ४२ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको