२०८३, २५ आश्विन सोमबार

शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर

शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर


कलैया, २२ भदौ: प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषाकुमारी यादवले शिक्षा क्षेत्रको बिकासका लागि प्रदेश सरकारले ठोस योजनासहित अगाडि बढिरहेको बताउनुभएको छ । करैयामाई गाउँपालिका–८ देवनारायण गणिया आधारभूत प्रावि औनियामा आज आयोजित ‘बालबालिका विद्यालय बाहिर नरहेको’ सार्वजनिकीकरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा देखिएको बेथितीलाई समाधान गरी गुणस्तरयुक्त शिक्षा प्रदानका लागि आवश्यकताअनुसारको दरबन्दी विद्यालयमा पठाउने गृहकार्य शुरु गरिएको जानकारी दिनुभयो ।

राज्यमन्त्री यादवले प्रदेश नं. २ मा शिक्षाको स्तर कमजोर रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकार लागि परेको बताउनुभयो । शिक्षा बिना सभ्य समाजको परिकल्पना गर्न नसक्ने र विकासले पनि फड्को मार्न नसक्ने बताउँदै उहाँले कर्मचारीतन्त्रको गैरजिम्मेवारीपन र राजनीतिक दलको चलखेलका कारण शिक्षा क्षेत्रमा केही कमजोरी देखिएको हँुदा यस क्षेत्रमा राजनीतिक नगर्न सबैमा आग्रह आग्रह गर्नुभयो । राज्यमन्त्री यादवले सङ्घीयतालाई कार्यान्वयन गर्नका लागि सबै राजनीतिक शक्तिलाई एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो ।

वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा करैयामाई गाउँपालिकाका प्रमुख भुनेश्वर चौधरी, उपाध्यक्ष चित्रलेखा चौधरी, शिक्षा विकास समन्वय एकाइ बाराका संयोजक पूर्णबहादुर अछामी, करैयामाई गाउँपालिकाका शिक्षा संयोजक सन्तोषकुमार शर्मा, विद्यालयका प्रधानाध्यापक कविता चौधरी र शिक्षक वीरेन्द्र चौधरीलगायतले शिक्षा क्षेत्रको समग्र विकासका लागि सम्बन्धीत सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ६ : ४२ बजे

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ