२०८२, ८ भाद्र सोमबार

प्रधानमन्त्री ओलीको निर्देशन : राष्ट्रसेवक कर्मचारीले नागरिकलाई गुणस्तरीय सेवा दिनुहोस्

प्रधानमन्त्री ओलीको निर्देशन : राष्ट्रसेवक कर्मचारीले नागरिकलाई गुणस्तरीय सेवा दिनुहोस्


काठमाडौं, २२ भदौं प्रधानमन्त्री केपी शर्मा ओलीले एक्काइसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवक कर्मचारीलाई आह्वान गर्नुभएको छ । १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो ।

‘नतिजामुखी प्रशासन स् समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएको ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उहाँले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्दै यो सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको पनि जनाउनु भएको छ ।

‘जननिर्वाचित संविधानसभाबाट संविधान निर्माण भई तीनवटै तहका निर्वाचन भइसकेको अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक संरचना पनि संस्थागत भइसकेको छ,’ १५औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘त्यसैअनुरुपको प्रशासनिक संरचनाको स्वरुप निर्धारण भइसकेको र यतिखेर प्रशासनिक संरचनालाई संस्थागत गर्ने विधि र प्रक्रिया पनि अघि बढिरहेको छ ।’

नेपाली जनताको आकाङ्क्षा बमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दह्रो राजनीतिक इच्छाशक्ति भएको नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, नवप्रवद्र्धनात्मक, सिर्जनशील, प्रविधिमैत्री, सूचना प्रविधिको अधिकतम उपयोग गर्न सक्षम, कार्यकुशल र परिणाममुखी प्रशासन अपरिहार्य रहनेमा उहाँको जोड छ ।

‘वर्तमान सरकार यही अवस्था सिर्जना गर्न प्रतिबद्ध हुँदै समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ काम गर्न अग्रसर छ । जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता हो । निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने कर्मचारीतन्त्रले व्यक्तिगत स्वार्थभन्दा मुलुक र जनताको स्वार्थलाई महत्व दिने गर्दछ,’ शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रसेवकको पहिलो अभिभारा राष्ट्रप्रति समर्पित र जनताको सेवामा कटिवद्ध रहनु पर्ने धारणा पनि प्रधानमन्त्री ओलीले राख्नुभएको छ । ‘यस्तो निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्नेछौँ तसर्थ राष्ट्रसेवकको पहिलो अभिभारा राष्ट्रप्रति समर्पित र जनताको सेवामा कटिवद्ध रहँदै एक्काइसौँ शताब्दीका नागरिकको अपेक्षाको सम्बोधन गर्न घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्नु नै हो,’ सन्देशमा भनिएको छ ।

समयवद्ध, उपलब्ध स्रोत–साधनको पूर्ण सदुपयोग तथा मितव्ययिता र सबैले अनुभूत गर्न वा मापन गर्न सक्ने गरी उपलब्धि हासिल गर्ने क्षमता भएको प्रशासनिक प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ,

‘निजामती कर्मचारीसँग विशेषज्ञता, व्यावसायिकता, सूचनामा पहुँच, स्थायित्व र निरन्तरताका साथै कानूनी र प्रक्रियागत जानकारीको अपेक्षा गरिन्छ । त्यसैले स्वपनदर्शी राजनीतिक नेतृत्व र व्यावसायिक कौशल, विज्ञता र इमान्दारीले भरिपूर्ण कर्मचारी प्रशासन लोकतन्त्रको जग हो । नेपाली जनताले यस्तै जगमा खडा भएको आदर्श र समग्र लोकतन्त्रको परिकल्पना गरेका छन् ।

 

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ११ : १० बजे

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको

राष्ट्रियताको मुद्दा उठाएकै कारण चुनावमा पराजित भएँ : पूर्वमन्त्री ठगुन्ना

दार्चुला । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले

तेमाल थामडाँडामा “कोम्हेंदो कृषक महिला समूह”लाई हिउँदे तरकारीको बीउ वितरण

तेमाल। काभ्रेको तेमाल गाउँपालिका-८, थामडाँडामा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत गठन