२०८२, १६ मंसिर मंगलबार

त्रिविका अनुसन्धान केन्द्र निद्रामा

त्रिविका अनुसन्धान केन्द्र निद्रामा


काठमाडौं, भदौ २२ : आर्थिक विकास तथा अनुसन्धान केन्द्र (सेडा)मा अनुसन्धानका लागि बजेट र जनशक्ति नभएको कार्यकारी निर्देशक अरुणकुमार ठाकुर बताउँछन् । पहिले सेडाको अनुसन्धानपछि राष्ट्रिय महत्वका योजनाका काम हुने गरेको, तर ०४६ पछि अनुसन्धानमा ब्रेक लाग्न थालेको उनको भनाइ छ । अहिले पनि सेडासँग उल्लेखनीय योजना छैन । गरिबी निवारण कोषले दिएको १२ लाखको परियोजना मात्र सञ्चालनमा छ । ‘रिसर्च सेन्टरलाई बजेट नै छैन, विभागहरूलाई कनिका छरेजस्तो छरेको छ,’ ठाकुरले भने । राम्रा शिक्षक अनुसन्धान केन्द्रमा आउन पनि मान्ने नगरेको उनले बताए ।

शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)ले शिक्षासँग सम्बन्धित क्षेत्रमा अध्ययन गर्छ । सेरिडका कार्यकारी निर्देशक प्रा.डा. जीवनाथ धितालले सरकारले अनुसन्धानका लागि बजेट नै नदिएको बताए । तैपनि गत वर्ष ६ परियोजना सम्पन्न गरेको निर्देशक धितालले बताए । यस वर्ष चार परियोजना सञ्चालनमा छन् भने तीन तयारी अवस्थामा छन् । डेढ करोड बजेटमा सामुदायिक विद्यालयको अवस्था, गुणस्तर, नतिजा, पुस्तक प्राप्तिको अवस्थालगायत क्षेत्रमा सेरिडले अध्ययन गरेर प्रतिवेदन बुझाएको छ ।

त्यस्तै, राष्ट्रिय परीक्षा बोर्डको ‘आइटम एनालाइसिस’को काम गरेको छ । कार्यकारी निर्देशक धितालले एक दशकयता अनुसन्धानका लागि यति ठूलो रकम पहिलोपटक आएको बताए । अहिले विश्वविद्यालय अनुदान आयोगबाट २० लाख प्राप्त भएपछि विश्वविद्यालयमा उत्तीर्ण प्रतिशत कम भएको विषयमा सेरिडले अनुसन्धान गर्दै छ ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ७ : ३० बजे

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज, २ डिसेम्बर, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर