२०८२, १५ माघ बिहीबार

‘शिक्षाका उपसचिव सरुवा गर्दा चलखेल’

‘शिक्षाका उपसचिव सरुवा गर्दा चलखेल’


काठमाडौं, भदौ २२ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै १ सय २० उपसचिव सरुवा गर्दा चलखेल गरेको आरोप कर्मचारीले लगाएका छन् । कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघले अधिकांस कर्मचारी नेकपा निकटकालाई सरुवा गरेको आरोप लगाउदै उक्त सरुवा पुनरावलोकन गर्न माग गरेको छ ।

सरुवामा विवाद भएपछि मन्त्रालयले ६ दिन अघि सरुवा सूची सार्वजनिक गरेपनि प्रदेशमा सरुवा भएका बाहेक झण्डै ७० जनालाई पत्र दिएको छैन । मन्त्री गिरिराजमणी पोखरेलको सचिवालयले मन्त्रालयको वेवसाइटमा प्रकाशित भएको सरुवाको सूची पुनः परिवर्तन गर्ने तयारी गरेकोे छ ।

स्रोतका अनुसार सरुवा भएका उपसचिवले पत्र माग्दा मन्त्रालयले अझै हेरफेर हुन सक्ने भन्दै पत्र दिन नमिल्ने जवाफ दिने गरेको एक उपसचिवले बताए ।मन्त्री पोखरेलले आफु निकटका कर्मचारीलाई पाठ्यक्रम विकास केन्द्र, इभेन्ट परियोजनामा सरुवा गरेको कर्मचारीको आरोप छ । संघका केन्द्रीय सदस्य दिवाकर शर्माले मन्त्रीले सरुवामा मनपरी गरेको आरोप लगाउदै भन्नुभयो–हाम्रा तर्फका कर्मचारीलाई पुरै पाखा लगाइएको छ । ९० प्रतिशत त नेकपा निकटका नै होलान हाम्रो त १० प्रतिशत पनि छैन–उहाले भन्नुभयो । संघका पदाधिकारीले यो विषयमा जानकारी लिन मन्त्रीलाई भेट गर्न खोज्दा निजी सचिवालयले इन्कार गर्ने गरेको आरोप लगाएका छन् ।
-नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ६ : ५३ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम