२०८२, १५ माघ बिहीबार

पुरुष सरह नै महिलालाई अगाडि ल्याउन खोजेको छः अध्यक्ष राणा

पुरुष सरह नै महिलालाई अगाडि ल्याउन खोजेको छः अध्यक्ष राणा


काठमाडौँ, २१ भदौ: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो पार्टीले महिलालाई विशेष अवसर दिएकोे बताउनुभएको छ । पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातन्त्र महिला सङ्गठनले आज यहाँ आयोजना गरेको तीज विशेष कार्यक्रममा अध्यक्ष राणाले भन्नुभयो, “पार्टीले महिलालाई पुरुष सरह नै अगाडि ल्याउन खोजेको छ ।”

अध्यक्ष राणाले सङ्गठन बिस्तारमा महिलाको विशेष भूमिका रहेको उल्लेख गर्दै देशमा महिला तथा बालबालिकामाथि बढ्दै गएको बलात्कारका घटनाविरुद्ध पार्टीले सरकारलाई विशेषरुपमा घच्घच्याउने काम गरिरहेको बताउनुभयो । पार्टीका उपाध्यक्ष आष्टमाया लामाले देशभरका महिलालाई एकै ठाउँमा भेला गर्न तीजले विशेष भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  १० : ०१ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम