२०८३, १३ भाद्र आईतबार

समृद्ध नेपाल बनाएर छोड्छौँ : अध्यक्ष प्रचण्ड

समृद्ध नेपाल बनाएर छोड्छौँ : अध्यक्ष प्रचण्ड


हेटौँडा, २० भदौ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताउनुभएको छ । मकवानपुरको मनहरी–९ रजैयास्थित ओम वातावरण शुद्धीकरण अभियान अग्निहोत्राश्रमको वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “अबको छ महिनाभित्रमा सरकारले देखिने गरी काम गर्ने योजना छ ।” पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभइकन एथार्थ रहेको बताउँदै उहाँले अब चीन र भारतबाट रेल आउने निश्चित भएको बताउनुभयो ।

वर्षायाम सकिएपछि काठमाडौँको सबै सडक स्तरोन्नति गरेर सफा र हराभरा बनाउने उहाँको भनाइ छ । अहिले जनता सरकारप्रैति खुशी नरहेको बताउँदै उहाँले भन्नुभयो, “काठमाडौँको सडक हिलो, चिप्लो हेरेर सबै जनता निराश छन् । अब यो वर्षायाम सकिने बित्तिकै सडक राम्रोसँग बनाउँछाँै, अनि निरासा धेरै कम हुन्छ ।” अब काठमाडौँ सफा भएपछि देश पुरै सफा हुन्छ भन्ने मानिसमा आशा जाग्ने उहाँको भनाइ छ । कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिक उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले सबै मिलेरमात्र मुलुक समृद्ध बन्ने भएकाले सरकारको काममा सहयोग गर्न आग्रह गर्नुभयो ।

मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडा, राष्ट्रियसभाका सदस्य तथा समितिका सभापति रामनारायण विडारी, प्रदेश नं ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल माइकल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायतले सरकारले जनविश्वास जित्नेगरी विकास निर्माणमा लाग्नुपर्ने बताउनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ९ : १३ बजे

बाढी प्रभावित क्षेत्रमा फिरिरीको १० लाखभन्दा बढीको राहत सहयोग

काठमाडौं । नेपाली युवाहरूले स्थापना गरेको डिजिटल कम्पनी फिरिरी भेन्चर्सले

शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार

काठमाडौं । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन

संकटमा उद्धार, राहत र महिला संवेदनशीलता

विपद् आएपछि सबैभन्दा पहिले मानिसलाई खाना, पानी र बस्ने सुरक्षित

रसुवाको बाढीपहिरोबारे एमाले महासचिव पोखरेलले ओलीलाई बुझाए स्थलगत प्रतिवेदन

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवामा गएको बाढीपहिरोबाट भएको

सुनाए बाढीबाट ज्यान जोगाउँदाको भयावह अनुभव

‘अगाडि जान सकिन, पछाडि भीषण बाढी थियो’ नुवाकोट । रसुवाको