२०८२, १५ माघ बिहीबार

समृद्ध नेपाल बनाएर छोड्छौँ : अध्यक्ष प्रचण्ड

समृद्ध नेपाल बनाएर छोड्छौँ : अध्यक्ष प्रचण्ड


हेटौँडा, २० भदौ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताउनुभएको छ । मकवानपुरको मनहरी–९ रजैयास्थित ओम वातावरण शुद्धीकरण अभियान अग्निहोत्राश्रमको वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “अबको छ महिनाभित्रमा सरकारले देखिने गरी काम गर्ने योजना छ ।” पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभइकन एथार्थ रहेको बताउँदै उहाँले अब चीन र भारतबाट रेल आउने निश्चित भएको बताउनुभयो ।

वर्षायाम सकिएपछि काठमाडौँको सबै सडक स्तरोन्नति गरेर सफा र हराभरा बनाउने उहाँको भनाइ छ । अहिले जनता सरकारप्रैति खुशी नरहेको बताउँदै उहाँले भन्नुभयो, “काठमाडौँको सडक हिलो, चिप्लो हेरेर सबै जनता निराश छन् । अब यो वर्षायाम सकिने बित्तिकै सडक राम्रोसँग बनाउँछाँै, अनि निरासा धेरै कम हुन्छ ।” अब काठमाडौँ सफा भएपछि देश पुरै सफा हुन्छ भन्ने मानिसमा आशा जाग्ने उहाँको भनाइ छ । कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिक उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले सबै मिलेरमात्र मुलुक समृद्ध बन्ने भएकाले सरकारको काममा सहयोग गर्न आग्रह गर्नुभयो ।

मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडा, राष्ट्रियसभाका सदस्य तथा समितिका सभापति रामनारायण विडारी, प्रदेश नं ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल माइकल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायतले सरकारले जनविश्वास जित्नेगरी विकास निर्माणमा लाग्नुपर्ने बताउनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ९ : १३ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम