२०८३, २५ आश्विन सोमबार

कर्मचारी बढुवाको आधार : क्षमताभन्दा ज्येष्ठता बढी उमेरका

कर्मचारी बढुवाको आधार : क्षमताभन्दा ज्येष्ठता बढी उमेरका


काठमाडौं , भदौ २० : कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा सरकार लागेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा ९० प्रतिशत बढुवा ज्येष्ठताका आधारमा र १० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धामा गर्ने व्यवस्था राखिएको हो ।

सरकारको यस्तो निर्णय निजामती प्रशासनको भविष्यका लागि घातक हुने भन्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् । संघीय निजामती सेवा ऐनको विधेयकले निजामती सेवालाई झनै सुस्त र भद्दा बनाउने कर्मचारीहरूको ठहर छ । उनीहरूले कार्यसम्पादन क्षमतालाई बढुवाको मुख्य आधार बनाउनुपर्ने माग गरेका छन् ।

‘हिजो जुन–जुन कारण सार्वजनिक प्रशासन बदनाम भयो, विधेयकले ती प्रावधानहरूलाई झनै प्रोत्साहित गर्ने गरी मस्यौदामा समेटेको छ,’ एक अधिकृतले भने, ‘बढुवा हुन योग्यता, क्षमताको आधारमा भन्दा गाला चाउरी पार्नुपर्ने भयो । यसमा हाम्रो आपत्ति छ ।’ मन्त्रालयले मस्यौदामा कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ वर्ष प्रस्ताव गरेको छ ।
– नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ७ : २१ बजे

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र