२०८३, १९ आश्विन मंगलबार

नेपाल पाकिस्तानसँग पराजित

नेपाल पाकिस्तानसँग पराजित


काठमाडौं, भदौ १९ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुआत गरेको छ ।मंगलबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो ।खेलको ३४औं मिनेटमा पेनाल्टीमा गोल खाएर पछि परेको नेपालले ८२औं मिनेटमा गोल गरेर बराबरी गरेको थियो । विमल घर्तीमगरले बराबरी गोल फर्काएका थिए ।

तर, खेलको अन्तिम मिनेटमा पाकिस्तानले पुनः गोल हानेपछि नेपाल २–१ ले पराजित हुनपुग्यो ।मंगलबारदेखि सुरु भएको प्रतियोगितामा दक्षिण एसियाली देशका सात टिम सहभागी छन् । नेपाली टिम उपाधि जित्ने लक्ष्यमा रहेको छ ।नेपाल फिफा वरीयतामा १६१औं स्थानमा छ भने पाकिस्तान २०१औं स्थानमा रहेको छ ।

नेपाल रहेको समूह ‘ए’मा बंगलदेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’मा भने भारत, श्रीलंका र माल्दिभ्स छन् ।अब नेपालले बिहीबार भुटानको सामना गर्नेछ भने शनिबार आयोजक बंगलादेशको सामना गर्नेछ ।नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्न सकेको छैन ।

साफ च्याम्पियनसिपमा नेपालले खेलका २८ खेलमध्ये ८ खेलमात्र जितेको छ । ४ खेल बराबरीमा सकाएको नेपालले १६ खेलमा हार व्यहोरेको छ ।नेपालले साफ च्याम्पियनसिप फुटबलमा अहिलेसम्म कुल ३३ गोल गर्दा ४५ गोल खाएको छ ।

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ७ : २४ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय