२०८३, २५ आश्विन सोमबार

प्रदेश नं १ को विधेयक पारित

प्रदेश नं १ को विधेयक पारित


विराटनगर, १९ भदौ : प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीद्वारा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०८ बमोजिम विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।

यसअघि बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य सावित्रा रेग्मीले नेपाल भारतकै बिरामीलाई सेवा प्रदान गर्ने कोशी अञ्चल अस्पताललाई सत्तरोन्नति गर्नुपर्ने बताउनुभयो । उहाँले ४० वर्षअघि तत्कालीन आवश्यकतालाई हेरेर बनाइएको यो अस्पताल अहिले आवश्यकता पूरा गर्न नसक्ने भएकाले यसको सुधारको कुरा उठाउनुभएको हो ।

सोही अवसरमा प्रदेशसभाका अर्की सदस्य सुनिताकुमारी चौधरीले आदिवासीले मनाउने जितिया पर्वमा बिदा दिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । विशेष समय लिएर नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश नं १ को नाम र स्थायी राजधानी घोषणा गर्न माग गर्नुभयो । प्रदेश सरकारले सङ्घीयताप्रति जनताको विश्वास गुम्न नदिन पनि उहाँले आग्रह गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भदौ २१ गते दिउँसो १ बजे बस्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ६ : २८ बजे

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र