२०८३, २५ आश्विन सोमबार

बिम्स्टेक दूरगामी निर्णय गर्दैै सम्पन्न भयो–प्रधानमन्त्री

बिम्स्टेक दूरगामी निर्णय गर्दैै सम्पन्न भयो–प्रधानमन्त्री


काठमाडौँ, १९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । बिम्स्टेक सम्मेलन काठमाडौँमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सबै पक्षलाई मिलाएर सफलतापूर्वक कूटनीतिक ढङ्गले बिम्स्टेक सम्मेलन गर्नसकेकामा सो श्रेय सम्पूर्ण नेपालीलाई उपलब्ध भएको जानकारी दिनुभयो । उहाँले दक्षिण एशिया र दक्षिण पूर्वी एशियालाई जोड्ने क्षेत्रीय सङ्गठन–बिम्स्टेक एक पुल भएको छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा भाग लिन आउनुभएका बिम्स्टेक राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग औपचारिकरुपमा दुई पक्ष हितका विषयमा गहन छललफ भएको स्पष्ट पार्नुभयो । उहाँले बिम्स्टेक सम्मेलन सफल पार्न योगदान दिनुहुने तीनै तहका सुरक्षा निकाय बौद्धिक वर्ग, आम कर्मचारी पत्रकार सबै धन्यवादको पात्र थिए म उहाँहरुको मुक्तकण्ठले प्रशंसा गर्छु भन्नुभयो ।

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ५ : ४३ बजे

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र