२०८२, ७ भाद्र आईतबार

करलाई जनताको सेवासँग जोड्न मन्त्री आङ्बोको आग्रह

करलाई जनताको सेवासँग जोड्न मन्त्री आङ्बोको आग्रह


विराटनगर, १९ भदौ: प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करलाई जनताको सेवासँग जोड्न आग्रह गर्नु भएको छ । प्रदेश नं १ को प्रदेशसभामा कर तथा गैरकर लगाउने सम्बन्धमा प्रस्तावित विधेयकमा प्रदेशसभाका सदस्यले उठाउनुभएको प्रश्नको जवाफमा आज उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले हाम्रो बजेट कर तथा राजश्वमुखी भएकोले इमान्दारीपूर्वक कर तिरेमा मात्र राष्ट्रको विकास हुने कुरामा जोड दिनुभयो । कर क्षमताअनुसार लाग्ने र लगाउने भएकाले सेवा विस्तार तथा ढुवानीमा कर नलाग्ने जानकारी दिँदै मन्त्री आङ्बोले संविधानको धारा २३६ मा प्रदेश सरकारले लगाएको कर आकर्षण नहुने बताउनुभयो ।

योजनामन्त्री आङ्बोले प्रदेश सरकारले बनाएको राजश्व परामर्श समितिकै सुझावको आधारमा निकासी शुल्क लगाएको बताउँदै स्थानीय तहमा स्रोतलाई बलियो बनाउन लगाएको करले जनतालाई नै फाइदा पुग्ने स्पष्ट पार्नुभयो । उहाँले पटके कर संविधान विपरीत भएको भन्दै स्थानीय तहको आर्थिक ऐनमा देखिएको समस्या समाधान गर्न आवश्यक छफफल भइरहेको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ५ : २७ बजे

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई

सुटकेशभित्र महिलाको शव फेला, रौतहटमा एक सातामै तेस्रो शव भेटियो

रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र

लिपुलेक प्रकरणमा भारत–चीन सम्झौता अस्वीकार्य : प्रवासी नेपाली मञ्चको कडा आपत्ति

काठमाडौँ । भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गरी व्यापार