२०८३, २५ आश्विन सोमबार

करलाई जनताको सेवासँग जोड्न मन्त्री आङ्बोको आग्रह

करलाई जनताको सेवासँग जोड्न मन्त्री आङ्बोको आग्रह


विराटनगर, १९ भदौ: प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करलाई जनताको सेवासँग जोड्न आग्रह गर्नु भएको छ । प्रदेश नं १ को प्रदेशसभामा कर तथा गैरकर लगाउने सम्बन्धमा प्रस्तावित विधेयकमा प्रदेशसभाका सदस्यले उठाउनुभएको प्रश्नको जवाफमा आज उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले हाम्रो बजेट कर तथा राजश्वमुखी भएकोले इमान्दारीपूर्वक कर तिरेमा मात्र राष्ट्रको विकास हुने कुरामा जोड दिनुभयो । कर क्षमताअनुसार लाग्ने र लगाउने भएकाले सेवा विस्तार तथा ढुवानीमा कर नलाग्ने जानकारी दिँदै मन्त्री आङ्बोले संविधानको धारा २३६ मा प्रदेश सरकारले लगाएको कर आकर्षण नहुने बताउनुभयो ।

योजनामन्त्री आङ्बोले प्रदेश सरकारले बनाएको राजश्व परामर्श समितिकै सुझावको आधारमा निकासी शुल्क लगाएको बताउँदै स्थानीय तहमा स्रोतलाई बलियो बनाउन लगाएको करले जनतालाई नै फाइदा पुग्ने स्पष्ट पार्नुभयो । उहाँले पटके कर संविधान विपरीत भएको भन्दै स्थानीय तहको आर्थिक ऐनमा देखिएको समस्या समाधान गर्न आवश्यक छफफल भइरहेको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ५ : २७ बजे

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ