२०८२, ४ पुस शुक्रबार

बिम्स्टेक शिखर सम्मेलन फलदायी भयो : प्रधानमन्त्री

बिम्स्टेक शिखर सम्मेलन फलदायी भयो : प्रधानमन्त्री


काठमाण्डौँ, १८ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन फलदायी भएको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित बिम्स्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बिम्स्टेक सम्मेलन आयोजना र निर्णय दुबैका दृष्टिले फलदायी भएको छ ।”

प्रधानमन्त्री ओलीले नेपालमा उत्पादित विद्युत् अन्य देशलाई बिक्री गर्न विद्युतीय ग्रिड चाहिएको उल्लेख गर्दै यस विषयमा काम गर्न जल ऊर्जाको क्षेत्रमा सहयोगको आदानप्रदान गर्ने निर्णय सम्मेलनमा भएको छ भन्नुभयो ।

“जल ऊर्जाको विषयमा भारत र बङ्गलादेशसँग विशेष रुपमा केन्द्रित भएर छलफल भएको छ, जसबाट भारत, बङ्गलादेश र म्यानमार मात्र नभई भविष्यमा थाइल्याण्डसम्म बिजुली निर्यात गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “नेपाल र नेपाली जनताको हितलाई सर्वोपरि ठानेर बिम्स्टेकमा छलफल गरी घोषणापत्र जारी गरिएको छ ।”

प्रधानमन्त्री ओलीले बिम्स्टेक वा अन्य क्षेत्रीय वा अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर न्यायोचित रुपमा काम गर्छौं भन्नुभयो । बिम्स्टेक सम्मेलनमा अहोरात्र मिहिनेत गर्ने सम्बन्धित मन्त्रालय र सरकारका सबै निकायलाई धन्यवाद ज्ञापन गर्दै उहाँले “खासगरी सवारी आवागमन सहेर पनि शिखर सम्मेलन सफल पार्न योगदान गर्ने उपत्यकावासी नेपाली जनताप्रति आभार प्रकट गर्दछु, आमसञ्चार माध्यमलगायत सबैप्रति धन्यवाद व्यक्त गर्दछु”, भन्नुभयो । ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  १० : ०७ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा