२०८२, १० कार्तिक आईतबार

तराई–मधेशको विकासका लागि सरकार प्रतिबद्ध–अर्थमन्त्री खतिवडा

तराई–मधेशको विकासका लागि सरकार प्रतिबद्ध–अर्थमन्त्री खतिवडा


राजविराज, १८ भदौ: अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि तराई मधेशमा हुलाकी सडक निर्माण कार्य जारी रहेको र पूर्व–पश्चिम रेलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

रेलमार्गसम्बन्धी भारत सरकारसँग कुराकानी भइरहेको बताउँदै काँकडभिट्टादेखि बर्दिवाससम्म रेलमार्ग निर्माण कार्य चाँडै शुरु हुने अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । पूर्वाधार विकासका लागि तराई मधेशमा खर्चेको बजेट सदुपयोग हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका सचिव शिशिरकुमार ढुङ्गानाले कुनोली भन्सार र छोटी भन्सार कार्यालय तथा तराई मधेशमा रहेको भन्सार कार्यालयको स्तरोन्नतिका लागि गृहकार्य भइरहेको बताउनुभयो । यसैबीच अर्थमन्त्री डा खतिवडाले आजै सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिँह औद्योगिक क्षेत्रको निरीक्षण गर्नुभयो । विद्युत्, पानी, सुरक्षालगायत आधारभूत पूर्वाधारसमेत नभएका कारण उद्योग सञ्चालनमा समस्या रहेको गुनासो बढेपछि अर्थमन्त्री खतिवडाले औद्योगिक क्षेत्रको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री खतिवडाले औद्योगिक क्षेत्रको समस्याका विषयमा चासो व्यक्त गर्दै मुलुकका अन्य क्षेत्रमा औद्योगिक सुरक्षा बलको व्यवस्था भए जस्तै सप्तरीमा पनि गर्न सकिने सुझाव दिनुभयो ।

सरकारी उपेक्षा र रेखदेखको अभावमा औद्योगिक क्षेत्र लथालिङ्ग भएको भन्दै उद्योग क्षेत्र कार्यालयमा औद्योगिक उद्योगी–व्यवसायीले भदौको पहिलो सातामा तालाबन्दी गरेका थिए । रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवसँग भदौ १५ भित्र समस्याको समाधान खोज्न सामूहिक पहल गर्ने लिखित सहमतिपछि तेस्रो दिन कार्यालयमा लागेको तत्काल ताला खोलिएको थिायो ।

भारत सरकारको सहयोगमा २०४४ सालमा स्थापित औद्योगिक क्षेत्र २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । राजविराजबाट चार किलोमिटर उत्तर रुपनी गाउँपालिकामा अवस्थित औद्योगिक क्षेत्र झण्डै २२ बिघा क्षेत्रफलमा फैलिएको छ । औद्योगिक क्षेत्रमा १० वटा उद्योग सञ्चालन गर्न सक्ने क्षमता भए पनि हाल कोशी पोलिमर्स, मिलन डेरी, कृष्णा खाद्य, महालक्ष्मी र पद्य ज्योति प्लास्टिक उद्योग मात्र सञ्चालनमा छन् ।

त्यस्तै अर्थमन्त्री डा खतिवडाले राजविराजमा आजै करदाता सेवा कार्यालयको उद्घाटन गर्नुभएको थियो । यसअघि आन्तरिक राजश्व कार्यालय नहुँदा सप्तरीका उद्योगी–व्यवसायीले सिरहाको लहानबाट सेवा लिँदै आएका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ६ : २० बजे

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो