२०८२, १७ असार मंगलबार

रेडक्रस महासङ्घका महासचिव सी नेपालमा

रेडक्रस महासङ्घका महासचिव सी नेपालमा


काठमाडौँ, १८ भदौ नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा आज नेपाल आउनुभएको छ ।

महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा विसं २०७२ वैशाख १२ को भूकम्पपछि महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहायता एवं सेवा जुटाउन आह्वान गरेको थियो ।

सो आह्वानसँगै महासचिव सीले नेपाल भ्रमण गरी भूकम्पपछिको रेडक्रसकर्मीले गरेका खोज, उद्धार तथा राहत तथा पुनःस्थापनाका बारेमा जानकारी लिनुभएको थियो । नेपाल रेडक्रस सोसाइटीको निमन्त्रणमा आउन लाग्नुभएका सीले विशेष गरी भूकम्पपछि सोसाइटीले गरेका मानवीय सेवा एवं अन्य विविध कार्यक्रमबारे जानकारी लिनुहुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसित महासचिव सीले द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उच्च सरकारी अधिकृत, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिलगायत नेपाल रेडक्रसका उच्च नेतृत्वसंँग महासचिव सीले द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको नेपाल रेडक्रसका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

सेनेगलका नागरिक महासचिव सी मानवीय सेवा र विकासका क्षेत्रमा ख्यातिप्राप्त हुनुहुन्छ । सञ्चार विभाग प्रमुख पौडेलका अनुसार सीले आफ्नो भ्रमणका क्रममा सिन्धुलीमा भूकम्पपछि भएका पुनःनिर्माणका गतिविधिबारे स्थलगत रुपमा अवलोकन गर्नाका साथै नेपाल रेडक्रसको स्थापनाको ५६ आँ स्थापना दिवस तथा अन्य कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

भूकम्पपछि नेपाल रेडक्रसले भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास पुनःनिर्माण, सरसफाइ तथा खानेपानी, आयआर्जनलगायत क्षेत्रमा सहयोग गरिरहेको छ ।

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  १० : ०७ बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको