२०८२, २४ कार्तिक आईतबार

राँके बजारमा लागेको आगलागीबाट दुई करोड बराबरको क्षति

राँके बजारमा लागेको आगलागीबाट दुई करोड बराबरको क्षति


इलाम, १८ भदौ: इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा सटर (पसल) साथै घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । विद्युत चुहिएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

बेलुका करीब ८ बजे शुरु भएको आगलागी ११ बजे राती पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मी समेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका श्रीबहादुर विष्टको जुत्ता, चप्पल र फेन्सी पसल साथै तीलविक्रम बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।

आगलागीमा दुई वटा एलपी ग्यास पड्किएको स्थानीय बासिन्दाले जानकारी दिए । पानी परेकाले पनि आगलागी नियन्त्रणमा सहज भएको स्थानीय बासिन्दाको भनाइ छ । राति भएको आगलागीबाट क्षतिको यकिन विवरण भने आइनसकेको बताइएको छ । मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करीब दुई वर्ष अगाडि पनि आगलागी हुँदा केही घर जलर नष्ट भएका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ९ : ०४ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको